बसर्पाकविहीन खलंगा, सवारी साधन पार्किङ्गमा समस्या !

जाजरकोट । सदरमुकाम खलंगामा बसपार्क नहुदाँ  गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नु पर्ने समस्या भएको हो । जिल्लामा मोटरबाटो पुगेको १७ बर्ष पुगेको छ तर यातायातका साधन राख्ने ठाउँ समेत छैन् । सदरमुकाम खलंगाको शान्तिचौतारामा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ । जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ ।

फराकिलो तथा व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायीको भनाई छ । गाडी राख्ने र मोड्नलाई फराकिलो ठाउँ नहुँदा गाडी चालकलाई समस्या परेको देखिन्छ । बसपार्क साँघुरो हुदाँ मोटर साइकल, जीप, एम्बुलेन्स, ट्रक, ठुला बस पास हुने ठाउँ छैन । बसपार्क बनाउने तर्फ कसैको ध्यान नगएको व्यवसायीको गुनासो छ । फराकिलो बस पार्कको अभाव हुदाँ यातायातका साधनहरु होटल, पसल तथा स्थानीयका घर अगाडी राख्दा स्थानीयलाई समस्या भएको छ ।

सडकमा बस पार्किङ्ग गर्ने गरिएको छ, यसले कुनै बेला दुर्घटना निम्त्याउने समस्या देखिएको स्थानीयको भनाई छ । यो बाध्यता कहिलेसम्म रहन्छ भन्ने थाहा नभएको उनीहरुको गुनासो छ । यातायातका साधनहरु बोरा, खरेखोला, शान्तिचौतारा, बागलुङ्ग होटेल, ठाँटीबजार, भेटनरीडाँडा, थाप्लेचौर, गैरीखाली, कारागार लगाएतका ठाउँमा पार्किङ्ग हुदै आएका छन् । घर अगाडी र सडक छेउमा राख्ने गर्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ । खलंगा भित्रको क्षेत्रमा बसपार्क बनाउने ठाउँ समेत छैन् ।

बसपार्क बनाउने तर्फ जिल्ला स्थित सरोकारवाला निकायको समेत ध्यान नपुगेको जाजरकोट यातायात व्यवसायी संघको भनाई छ । जिल्लामा भेरी गंगा यातायात, मध्यपश्चिम यातायात, काँक्रेविहार यातायात, भेरी राप्ती यातायात, वागेश्वरी यातायात लगाएत दर्जन बढी यातायात व्यवसायीका यातायात संचालनमा रहेका छन् । व्यवसायीले यातायातका साधन सडक छेउमा राख्दै आएका छन । बसपार्कमा १० भन्दा बढी बस राख्ने ठाउँ समेत छैन् ।

जिल्लामा साना ठुला गरी ३ सय भन्दा बढी यातायातका साधन संचालनमा रहेका छन । यातायातका साधन दिन प्रतिदिन बढ्दै गएका छन् । व्यवस्थित बस पार्क अभावमा राख्ने ठाउँ छैन । यता, खलंगामा व्यवस्थित वसपार्क निर्माणको प्रक्रिया शुरुवात भएको बर्षौ विते पनि अझै निर्माण हुन् सकिरहेको छैन् । खलंगा बजारमा वसपार्कको अभाव भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोलीले नयाँ बर्षपार्क थाप्लेमा निर्माण गर्ने निर्णय गरेको थियो । भेरी नगरपालिकाको पहलमा वसपार्क निर्माणको काम अगाडि बढेपनि बजेट अभावमा बसपार्क निर्माण स्थल अलपत्र परेको छ । जिल्लामा तीन सय भन्दा बढि संख्यामा सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किङ्गको ब्यवस्था अझै हुन सकिरहेको छैन् । सदरमुकाम खलंगा बाट दैनिक दजर्न भन्दा बढी स्थानमा सवारी साधनहरु छुटने गर्छन् ।

अव्यवस्थित पार्किङले सास्ती
जिल्लाको सदरमुकाम खलंगा मै व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र खलंगा मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आएपनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।

सरकारी निकायको उदासीनता र सरोकारवाला निकायको लापरवाहीका कारण अव्यवस्थित हुँदै गएको स्थानीयको भनाइ छ । सदरमुकाम खलंगामा पार्किङ व्यवस्थित गर्न कोही पनि गम्भीर नदेखिएको स्थानीय युवा मोहन सिंहले बताए । “जटिल समस्याको रूपमा रहेको अव्यवस्थित पार्किङ कसले र कहिले समाधान गरिदिने होला, हामी प्रतीक्षामा छौँ ।

आधारभूत पूर्वाधारको रूपमा रहेको व्यवस्थित पार्किङ निर्माण हुन नसक्दा यहाँ बस्ने सर्वसाधारणको दैनिकी बेहाल बनेको छ ।” नयाँ घर बनाउनेहरुको सडकमा जथाभावी सरिया, सिमेन्ट र पाइपहरु फालेर निकै समस्या हुने गरेको छ । कतिपय ठाउँमा सडक मिचेरै संरचना समेत निर्माण गरिएको छ ।

यसले गर्दा आवातजावतमा सर्वसाधारणलाई समस्या भएको छ । सरोकावारवाला निकायहरुले चासो नदिदा गैरीखाली, थाप्ले, नयाँ बस्ती, शान्तिचौतारा सहितको सडकका छेउछाउमा जथाभावी फालिएका निर्माण सामाग्रीले सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको स्थानीयको भनाई छ । नगरपालिका र स्थानीय प्रशासनले यसको व्यवस्थापनका लागि कुनै चासो लिएको देखिदैन् ।

तपाईको प्रतिक्रिया