नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पहल : रावतगाउँका भूकम्प पीडितलाई शेष घलेले स्थायी आवास बनाउने सम्झौता

May be an image of 4 people and text
जाजरकोट । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पहलमा गैर आवासीय नेपाली संघका पूर्वध्यक्ष शेष घलेको नेतृत्वमा भेरीमा स्थायी आवास निर्माण गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकाको वडा नं १ रावतगाउँका भूकम्प पीडितका लागि स्थायी आवास निर्माण गर्ने गरी सम्झौता भएको प्रमुख घर्तीले जानकारी दिए । ‘अहिले कतिवटा घर बनाउने भन्ने भएको छैन्, वडाले संख्या फिक्स गरेपछि काम सुरु हुन्छ, उनले भने, ‘त्यतिवेला नै उहाँले रकम समेत खुलाउनुहुनेछ ।’

तपाईको प्रतिक्रिया