अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( International womens day) यो विश्वभरका महिलाहरुको जागरूकता सम्बन्धि दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । यो दिवस महिलाहरुको राजनीतिक अधिकार प्राप्त गर्न शुरु गरेको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फ्रेबरी २८ मा मनाइएको थियो ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चत गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०२४ मा आइपुग्दा विश्वभर ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२४ चाहिँ त्यसैले यो वर्ष हामी ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो जुन पछि संयुक्त राष्ट्र संघले मान्यता दियो ।
सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण गरेका थिए ।
त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा ग¥यो । उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिनले गरिन उनी कम्युनिस्ट महिला नेता थिइन् उनी र अधिकारवादी महिलाहरुले अगाडि सारेका थिए । उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए । र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए ।
सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्ररी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फ्रेबरी को अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन । १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो ।
हाल श्रमिक महिला दिवसलाइ बिश्वभर मनाइन्छ । आज विश्वमा महिलाहरु कैयान देशका राष्ट्र प्रमुख समेत भएका छ । प्रत्यक्ष चुनाब लड्ने देखि कर्मचारी तन्त्रको उच्च तहमा रहेर काम गर्ने अधिकार प्राप्त गरेका छन् । तर पनि समान्तर तरिकाले विकास गर्न सकेका छैनन् । अहिले पनि आरक्षणको व्यवस्था गर्नु परेको छ । अझै महिला पुरुष बराबर बन्न लागि महिलाहरुको वृद्धि विकास अति आवश्यक छ ।
“महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ नेपालमा मनाउन थालिएको ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको असरमा हामीले महिला अधिकारका लागि काँधमा राइफल र काखमा बच्चा च्यापेर १० बर्षे जनयुद्धमा लडेर आफ्नो बिरताको गाथा कोर्ने, लडाइका मोर्चाहरुमा उच्च सहादत प्राप्त गर्ने देखि तत्कालिन दुस्मनका हतियार खोस्ने बेथलडाडाका महिलाहरु र उच्च बिरताका साथ लड्ने कमान्डर कल्पना महरा सहित आज आएर राज्यको एक मुख्री अंग सभामुख जस्तो गरिमामय पदमा बसेर सफल काम गर्ने ओनसरी घर्ती लगायतका जनयुद्ध वेसका महिला कमान्डरहरु प्रति विशेष स्मरण छ । भने अधिकारका निमित्त निरन्तर संघर्षरक्त अधिकारकर्मी साथीहरूमा सम्मान छ । हो महिला मुक्तिको लडाइ यतिले पुगेको छैन । हामीले अझै संघर्ष गर्न जरुरी छ ।
यस अवसरमा मनाउन लागेको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।
लेखक : नेकपा माअाेवादी केन्द्रकाे केन्द्रिय सदस्य हुन् ।
पार्वती विक (शान्ता) । २५ फाल्गुन २०८०, शुक्रबार