सुर्खेत । आइ.एन.एफ. नेपाल सुर्खेतद्वारा “अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अवस्था सुधारका लागि पहुुँच तथा समावेशीकरण परियोजना” अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिकामा पालिका स्तरीय संयुक्त अनुगमन सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, उपमेयर मैना बिक, प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्री, स्वास्थ्य संयोजक पूर्ण बहादुर घर्ती, महिला बालबालिका शाखाकी तुलसी बि सी, वडा न १३ का अध्यक्ष मधु गुरुङ, अपाङ्ग एकता समाजका अध्यक्ष उत्तम बिक, सचिब हरि बहादुर शाही सहभागी रहनु भएको थियो भने आइ.एन.एफ. सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारु, पहुँच तथा समावेशीकरण परियोजनाका अनुगमन अधिकृत लोकप्रसाद गौतम, फिजियोथेरापिष्ट सुदिप बि सी,अकुपेशनल थेरापिष्ट क्रिस्टी घर्ती मगर,टीम लिडर जोलबहादुर बुढा रहनुभएको थियो ।
परियोजनाको संयुक्त अनुगमनका क्रममा गुर्भाकोट वडा नम्बर ४ मा अपांगता भएका व्यक्तिको लागि पहुँचयुक्त शौचालय, भान्सा निर्माण गर्ने सहयोग प्राप्त चन्द्रकला सिंह सँग गृह भेटघाट, अन्तरक्रिया वार्ड नम्बर १० घुमखहरेमा कम्प्युटर तालिम,फोटोकपी मेसिन, कम्प्युटर संयोग प्राप्त गरेकी भीमसरा नेपालीको व्यवसायको अवलोकन र अन्तरक्रिया बोटेचौर ९ मा ब्युटिसियन तालिम प्राप्त तथा व्यवसायका लागि सामग्री सहयोग प्राप्त जानकी घर्तीको व्यवसायको अवलोकन र अन्तरक्रिया गरिएको थियो ।
गुमी १३ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अपाङ्गता भएका व्यक्तिको लागि विद्यालय सहयोग कार्यक्रम अन्तर्गत र्याम्पर रेलिङ निर्माणमा सहयोग गरेको कार्यको प्रभाव अनुगमन गरिएको थियो ।
अनुगमन पश्चात गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनको अध्यक्षतामा एक समीक्षात्मक बैठक बस्यो । बैठकका क्रममा परियोजनाको लक्ष्य,उद्देश्यका बारेमा चर्चा गर्दै, अनुगमन अधिकृत लोकप्रसाद गौतमले पहँुच तथा समावेशीकरण परियोजनाले दिगो विकास लक्ष्यको बुदा नम्बर ८ “मर्यादित काम र आर्थिक वृद्धि” तथा बुदा नम्बर १० अन्तर्गतको असमानतान्यूनीकरण” गर्न कार्य गर्ने सहयोग गरेको कुरा बताउनुभयो ।
उक्त उद्देश्य प्रति सहयोग, सहकार्य गर्ने सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी,उनीहरुको.रिह्याबिलिटेसन तथा स्वास्थ्य सहयोग गर्ने,अपाङ्गता भएका व्यक्तिहरू वा तिनका परिवारका सदस्यलाई व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने, पहुँच युक्त विद्यालय, स्वास्थ्य संस्था तथा घर निर्माणमा सहयोग गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरुको संस्थागत विकास र पैरवीमा सहयोग गर्ने गरेको बारेमा बताउनुभयो ।
गुर्भाकोट नगरपालिकाले “सुख र समृद्धिको अठोट,समुन्नत गुर्भाकोट” भन्ने ध्येयका साथ पालिकाको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने, घरदैलोमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने,स्वास्थ्य संस्थालाई अपाङ्ग मैत्री बनाउने,अपाङ्गता भएका व्यक्तिको उत्थान विकास र मूल प्रवाहीकरणमा लागि चेतनामूलक कार्य गर्ने उल्लेख गरेकोमा उक्त नीति तथा कार्यक्रमको पूर्णताको लागि परियोजनाका क्रियाकलापहरू लक्षित भएको बताउनुभयो ।
आइएनएफका कार्यक्रम संयोजक ललितबहादुर सारुले परियोजनाको क्रियाकलाप सञ्चालनमा पालिकाले खेलेको अभिभावकीय भूमिका तथा परियोजना प्रतिको अपनत्वको लागि मेयर तथा गुर्भाकोट नगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । पालिकाको आर्थिक सहयोग तथा आइएनएफको आर्थिक तथा प्राविधिक सहयोगमा थप सहायक सामग्री वितरण गर्ने, आइएनएफले ३ जना व्यक्तिलाई व्यवसायिक सीप तालिम प्रदान गर्न,परियोजनाको स्थायित्व र दिगोपनाका लागि विषयगत शाखा समेतको संयुक्त सहकार्य अभिवृद्धि गर्नेजस्ता विषयमा आपसी वचनवद्धता व्यक्त गरियो ।
समिक्षा बैठकको अन्तमा मेयर हस्त पुनले आइएनएफ सुर्खेतले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच वृद्धि, समावेशीकरण, आर्थिक क्षेत्रमा टेवा, सेवा पुर्याउने कार्यमा यस गुर्भाकोट नगरपालिकालाई.साथ र सहयोग प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि कार्यक्रमको निरन्तरता र पालिकाका तर्फ बाट यथोचित सहयोग प्रदान गर्दै परियोजना कामर्मलाई पालिकाकै कार्यक्रमका रुपमा आत्मसात गरीसाथ दिने वचन वद्धता व्यक्त गर्नुभयो ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ् आइ एन एफ ले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने, केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ, भने “अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सुधार, पहुच तथा समाबेशीकरण“ परियोजना सुर्खेतका ४ पालिकाहरु–बिरेन्द्रनगर, पंचापुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बर सम्मका लागि संचालित छ ।
हाम्रो पहुँच संवाददाता । २३ फाल्गुन २०८०, बुधबार