जाजरकोट । भुकम्पले घर भत्किएपछि नलगाड नगरपालिका ७ कि नाम परिवर्तित राधिकाको परिवार घर नजिकै त्रिपालमा बस्दै आएको थियो । त्यस दिन श्रीमान घरमा थिएनन् । कामको सिलसिलामा बाहिर गएका थिए । सोही मौका छोपी नलगाड नगरपालिका ७ कि २१ बर्षिया एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत भईन् । बलात्कार गरेको आरोपमा स्थानीय गोपाल बादीलाई घटनाको भोली पल्टै प्रहरीले पक्राउ ग¥र्याे ।
जर्वजस्ती करणी गरेको अभियोग सहित प्रहरीले जिल्ला अदालतमा मुद्धा दर्ता गराएको छ । उनी अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका छन् । छेडागाड नगरपालिका ५ की १३ बर्षिया एक बालिका गत मंसिर २३ गते बलात्कारमा परिन् । गोठालो गएको बेला जंगलमा उनी दिउसै बलात्कृत भईन् । बलात्कार गरेको अभियोगमा छेडागाड नगरपालिका ४ का २२ बर्षिय दीपक बुढा पक्राउ परेका छन् । जर्वजस्ती करणी गरेको अभियोगमा उनी विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनी पुर्पक्षका लागि थुनामा छन् ।
घटना पछि जिल्ला अस्पताल जाजरकोटमा रहेको एक द्धार संकट ब्यवस्थापन केन्द्र (ओसीएमसी)ले उनलाई मनोपरामर्श सेवा प्रदान गरिरहेको छ । शिवालय गाँउपालिका ५ की १७ बर्षिया एक बालिका आफन्तबाटै बलात्कृत भईन् । ७१ बर्षिय हजुर बुवा नाता पर्ने जेष्ठ नागरिकबाट पटक पटक बलत्कृत हुँदै आएकी ति बालिकाको पेटमा १५ हप्ताको गर्भ रहेको पत्ता लाग्यो । राम्रो सँग बोल्न नसक्ने सुस्त मनस्थितिकी ति बालिकाको हाल गर्भपतन गरिएको छ । उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् । ओसिएमसीका मनोपरामर्शकर्ताले परामर्श सेवा दिईरहेका छन् ।
जर्वजस्ती करणी गरेको अभियोगमा ७१ बर्षिय ति जेष्ठ नागरिक गत कार्तिक ३० गते पक्राउ गरि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकाले जानकारी दिए । उनी विरुद्ध जजक सम्बन्धी मुद्धा जिल्ला अदालतमा दर्ता भैसकेको छ । बारेकोट गाँउपालिका ४ कि ३० बर्षिय एक महिला स्थानीय धामीबाट बलात्कृत भईन् । सञ्चो नभएपछि झारफुकका लागि धामी काहाँ गएकी महिलालाई धामीले भोली फेरी आउनु भनेर बोलाए ।
ति महिला भोलीपल्ट फेरी धामीको घर (अस्थायी टहरामा) गएको बेला बलत्कृत भईन् । गत मंसिर १७ गते भएको उक्त घटना गाउँमै मिलाउन निकै कोशिस गरियो तर गाउँमै केही रकम लेनदनेमा गाँउमै मिल्ने दवावका विच प्रहरीमा उजुरी परेपछि प्रहरीले मंसिर २४ गते स्थानीय ५२ बर्षका जसे तिरुवालाई पक्राउ गरेर जर्वजस्ती करणमा मुद्धा दर्ता गराएको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।
यी केही उदाहरण मात्र हुन् । जाजरकोटमा भुकम्प पछि यस्ता घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार जिल्लामा भुकम्प पछि ८ ओटा जर्वजस्ती करणीका मुद्धा र ७ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । तर जिल्ला अस्पतालमा रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी) का अनुसार भुकम्प पछि ११ वटा जर्वजस्ती करणी, ३ वटा यौन दुब्र्यवहार, १० वटा कुटपिटका, २४ वटा खानलगाउन नदिएको (स्रोतसाधनबाट बञ्चित गरेको) र १६ वटा मानसिंक हिंसा सम्बन्धी घटना दर्ता भएका छन् । शारीरिक तथा मानसिक हिंसामा परेका, यौन दुब्र्यवहारमा परेका र जर्वजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरुको सहायतका लागि स्थापना भएको ओसिएमसीमा भुकम्प पछि आउनेको संख्या बढ्दै गएको मनोपरामर्शकर्ता प्रमिला आरसीले बताइन ।
ओसिएमसीमा आउने पिडितलाई परामर्श सेवा, उपचारको ब्यवस्था, आतेजाते यातायात खर्च लगायतका सेवा उपलब्ध भैरहेको उनको भनाई छ । भुकम्प पछि महिला तथा बालबालिका थप असुरक्षित हुँदै गएको अधिकारकर्मी शोभा सिंहले बताईन । भुकम्प पछि संरक्षणको पाटो कमजोर हुँदा बालबालिका र महिलाहरु शारीरिक तथा मानसिक हिंसाको शिकारमा परेको उनको भनाई छ । भुकम्पले आर्थिक सामाजिक अवस्था र जनजीविकाका क्षेत्रमा गंभिर असर पारेको छ । त्यसको प्रभाव महिला र बालबालिकाको सुरक्षामा समेत चुनौतिको रुपमा देखापरेको छ उनले भनिन–‘यस विषयमा सरोकारवाला निकाय गंभिर हुन जरुरी छ ।’
अरु बेला भन्दा विपद र त्यसपछिको अवस्थामा जर्वजस्ती करणी, यौनदुब्यर्वहार, घरेलु हिंसा, लुटपाट लगायतका घटना घटन सक्ने भन्दै सुरक्षाकर्मीलाई चनाखो रहन निर्देशन दिईएको जिल्ला प्रहरी प्रमुख रोकामगरले जानकारी दिए । उनले जर्वजस्ती करणी र घरेलु हिंसाका घटना बढ्दै जान थालेपछि प्रहरीलाई गस्तीमा समेत पठाउने गरिएको बताए । भौगोलिक विकटता, प्रहरी युनिट र दरबन्दीको अभाव लगायतका चुनौतिका कारण समस्या भएको उनको भनाई छ ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०८०, शनिबार