जाजरकोट । जिल्लाको नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो ।
आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ अंक ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई बताए ।
विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९÷०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ ।
१०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ ।
हाम्रो पहुँच संवाददाता । १३ माघ २०८०, शनिबार