चिसाेले बारेकोटमा एक भुकम्प पीडितकाे मृत्यु

Man hacked to dath by son-in-law in Jashore
जाजरकोट । चिसोले त्रिपालमुनी बस्दै आएका बारेकोटका एक जनाको मृत्यु भएको छ । वडा नं ४ जिरी निवासी ६८ बर्षिय लालबहादुर रावतको मृत्यु भएको भगवती माद्यामिक विद्यालय जिरीका प्रधानध्यापक खड्क रावतले जानकारी दिए ।

दीर्घ रोग बाट ग्रसित रावतको चिसोको कारण मृत्यु भएको हो । गत कार्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बस्दै आएका थिए । यो सँगै चिसो बाट जाजरकोटमा ज्यान गुमाउने संख्या ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया