श्रमिक समुदाय मोर्चा जाजरकोटको अध्यक्षमा विशाल सी निर्वाचित

No description available.
जाजरकोट । नेकपा (विप्लव) निकट जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा जाजरकोटको अध्यक्षमा विशाल सी सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम खलंगामा भएको संगठनको दोस्रो जिल्ला भेलाले विशाललाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै, उपाध्यक्षमा प्रकाश सी निर्वाचित भएका छन् । सदस्यहरुमा कमला सी सहित १५ सदस्सीय आयोजक समिति निर्वाचित भएको नेकपा जाजरकोटका इन्चार्ज विराजन सी ले जानकारी दिए ।

भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै रामलालले भने, ‘अवको विकल्प भनेकै वैज्ञानिक समाजवाद हो, समाजवाद आएपछि मात्रै श्रमिक समुदायको मुक्ती हुन्छ ।’ त्यसमा लागि सबै श्रमिक समुदायहरु एक हुनुपर्नेमा जोड दिए ।

No description available.

 

No description available.

तपाईको प्रतिक्रिया