जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा बाल अधिकारको प्रर्वद्धन गर्न सरोकारवाला निकायहरु प्रतिवद्ध भएका छन् । नागरिक समाज जाजरकोटको आयोजनामा भएको एक कार्यक्रममा बालबालिकाका आधारभूत आवश्यकता सम्बोधन गर्न तयार हुनुपर्छ भन्दै प्रतिवद्धता जनाएका हुन् ।
प्राकृतिक वा माननिर्मित विप्त्तिमा बालबालिकाहरुमा ठूलो असर पर्ने र जाजरकोट भूकम्पमा बालबालिका बढी प्रभावित भएको भन्दै उनीहरुको संरक्षण तथा हेरचाहका लागि सरकारलाई ध्यानाकर्षण गर्ने नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए । कार्यक्रम नागरिक समाज जाजरकोटको आयोजनामा भएको थियो भने सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियानले सहयोग गरेको थियो ।
यस्ता छन् प्रतिवद्धताहरु
१. भूकम्प प्रभावित बालबालिकाका आधारभूत आवश्यकता सम्बोधन गर्ने काममा नागरिक समाजका सवै पक्ष सहयोगी हातहरु संग समन्वय र सहकार्यका साथ परिचालित हुनेछौ ।
२. भूकम्प प्रभावित बालवालिकालाई लाभान्वित तुल्याउने विषयलाई केन्द्र विन्दुमा राखेर राहत वितरण कार्य पारदर्शी र जवाफदेही वनाउन तथा भूकम्प प्रभावित व्यक्ति तथा परिवारको आर्थिक तथा सामाजिक अवस्थालाई दृष्टिगत गरी वर्गिकृत सूचना अध्यावधिक गर्ने स्थानीय तह सँग अनुरोध गर्दछौ ।
३. जाजरकोट खलंगा र अन्य क्षेत्रमा अध्ययनरत विद्यार्थी बालबालिकाका आवास र जरुरी आवश्यकता सम्वोधन गर्ने काम छुटेको देखिएकोले डेरामा वस्ने विद्यार्थीका पक्षमा पैरवी गर्ने कार्य सशक्त वनाउदै जाने छौ ।
४. भूकम्पका कारण आमा बावु अभिभावक गुमाएका वालवालिकाको संरक्षणका लागि घटना व्यवस्थापन प्रक्रिया तदारुकताका साथ अगाडी वढाउन स्थानीय तह संग आगह गर्दछौं ।
५. भूकम्प प्रभावित व्यक्तिहरुका लागि अस्थायी आवास निर्माण अनुदान दिन वनाईएको कार्यविधि लक्षित वर्गमैत्री र उपयुक्त र सान्दर्भिक छ कि छैन र वन विनास सहित यसका सम्भावित अन्य असर समेत अध्ययन गरी प्रभावित व्यक्तिका पक्षमा वकालत गर्ने छौं ।
६. भूकम्प प्रभावित व्यक्तिहरुलाई राज्य र गैह्र राज्यपक्ष तथा अन्य निकायबाट विभिन्न सहयोग प्रवाह गर्दा Leave no one behind भन्ने मान्यता र सामाजिक न्यायको मान्यतालाई दृष्टिगत गरी कोही नछुटुन, कोहिलाई वढी नहोस् भन्ने विषयलाई ध्यान दिन आग्रह गर्दछौ ।
७. भूकम्पका कारण बालबालिकालाई परेको असर, प्रभाव र सम्वोधनका उपायका विषयमा विस्तृत अध्ययन गर्न जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह स्तरीय विपद व्यवस्थापन समिति, पहाडी क्षेत्र विकास अभियान र पाँचतारा यूवा संरक्षक मंच सहितका संस्था र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउंदछौं ।
८. जाजरकोट जिल्लामा वाल अधिकार प्रवर्द्धन गर्ने कार्यलाई संस्थागत, योजनावद्ध र परिणाममूलक वनाउन जिल्लाका सवै स्थानीय तहको प्रतिनिधित्व हुने गरी वृहद भेला ३ महिना भित्र आयोजना गरिने छ ।
हाम्रो पहुँच संवाददाता । १२ पुष २०८०, बिहीबार