जाजरकोट । संघीय संसदको शिक्षा, स्वास्थ्य सुचना तथा प्रविधि समितिका सभापति भानुभक्त जोशीले भुकम्प प्रभावित क्षेत्रमा देखिएका पुर्वाधार लगायतका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भएको छ । भुकम्प प्रभावित क्षेत्रको अवस्था वारे जानकारी लिन स्थलगत अवलोकनका क्रममा आएको टोलीले आज (आईतबार) जाजरकोट सदरमुकाम खलंगामा आयोजना गरेको कार्यक्रममा यस्तो बताउनु भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, जिल्लामा कार्यरत गैर सरकारी तथा दातृ निकायका प्रतिनिधिहरुको सहभागितामा टोलीले अन्तरक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पले पारेको शिक्षा र स्वास्थ्य क्षेत्रको क्षेति र हाल सम्म भएका कार्य प्रगतिवारे समितिलाई जानकारी गराउनु भएको थियो । जस अनुसार भुकम्पवाट ३ सय ४१ वटा विद्यालयका २ सय ९० वटा भवन पुर्ण रुपमा क्षेति भएका, ५ सय ९८ वटा भवन चर्केर पढाउन नमिल्ने भएको जानकारी दिनुभयो । त्यस्तै १५ वटा स्वास्थ्य संस्था पुर्ण रुपमा क्षेति भएका तथा २२ वटामा आशिंक क्षति पुगेको जानकारी गराउनु भएको थियो ।
त्यस्तै, पुर्ण रुपमा क्षति भएको प्राथमिक अस्पताल लिम्सा बारेकोटको अस्थायी संरचना विश्व स्वास्थ्य संगठनले निर्माण गरी सेवा सुचारु गरिएको जानकारी गराउनु भएको थियो । त्यस्तै कृषि तथा पशुपालन तर्फ कृषकहरुको करीव १० करोड वरावरको क्षति भएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।
जिल्लाभरमा ४ सय ४७ वटा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माणको माग आएकोमा हाल सम्म विभिन्न सरकारी तथा गैर सरकारी निकायवाट गरि २ सय ९३ वटा निर्माण भई पठन पाठन सुरुवात भएको तर विद्यालयमा हाल ३० देखि ४० प्रतिशत मात्र विद्यार्थीहरु उस्थित हुने गरेको पाईएको छ ।
कार्यक्रममा समितिका सभापित जोशीले क्षतिग्रस्त संरचना निर्माणको लागि मन्त्रालयमा पहल गर्ने बताउनु भयो । अस्थायी आवास निर्माणका लागि सवै वस्न नमिल्ने भवन जतिको पुर्ननिर्माण हुनुपर्ने आफुहरुको ठम्याई रहेको बताउनु भयो । त्यस्तै सरकारले कार्यविधिमा पहिलो किस्ता वापतको रकम नगदै दिन मिल्ने बताएता पनि यसको सम्प्रेषण स्थानीय स्तर सम्म पुग्न नसकेको बताउनु भयो ।
टोलीले आज जाजरकोटको नलगाड नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र चिउरी र भेरी नगरपालिकामा रिम्ना, रावतगाउँको स्थलगत अवलोकन समेत गरेको थियो । टोलीमा माननीय अरुण कुमार चौधरी, माननीय दिपा शर्मा, माननीय बद्री प्रशाद पाण्डे, माननीय विनिता कुमारी सिंह, माननीय ज्ञानु बस्नेत, ( सुबेदी) उपसचिव पुष्पप्रकाश खनालको सहभागिता रहेको थियो ।
सहदेव बस्नेत । २४ मंसिर २०८०, आईतवार