‘मानव अधिकार जानौं, मानौं र प्रयोग गरौं’

डिसेम्बर १० अर्थात अन्तर्राष्ट्रिय मानवअधिकार दिवस ! मानव अधिकार (अंग्रेजीमा Human Right)मानवलाई मानव भएर बाँच्नकै निमित्त अधिकार प्रदान गर्ने अर्थात मानवलाई वृहत् अधिकार प्रदान गर्ने अधिकार मानव अधिकार हो । मान्छेको जात, धर्म , सम्प्रदाय ,राष्ट्रियता ,उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपांगता, लैंगिक झुकाब, लैङ्गिक परिचय, आदि जुनसुकै भएपनि फरक पर्दैन प्रत्येक मानिसले मानव अधिकार पाउनुपर्छ । मानव अधिकारको प्रकृति विश्वव्यापी, अभिभाज्य र अहरनिय हुन्छ ।

सन् १९४८ भन्दा अगाडि थुप्रै कानून÷नीति निर्माण भए पनि मानवको अस्तित्व केवल शासकको अगाडि दास नै थियो । विश्व युद्वले छेद विच्छेद भएका मुलुक र मानवको सम्बन्धलाई मलम लगाउन सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भयो र सोहि संगठनले विश्व युद्व अन्त्यको घोषणा गरे पश्चात् संयुक्त राष्ट्र संघकै पहलमा सन् १९४८ मा संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणापत्र निर्माण भयो । जसमा जम्मा ३० वटा धारा छन् । र ती धारा हरुनै मान्छेका अधिकार हुन् । जुन निम्नानुसार छन् ः–

. हामी सबै जन्मजात स्वतन्त्र र समान हौं । हामी सबै स्वतन्त्र जन्मेका हौं । हामी सबैको आ–आफ्नै विचार र अभिमत छ । हामी सबैलाई समान रूपमा व्यवहार गर्नुपर्छ ।
२. कसैलाई पनि भेदभाव गर्न नहुने ।
कसैलाई उसको शारीरिक ,जातीय ,धार्मिक ,सांस्कृतिक ,लैंगिक आधारमा भेदभाव गर्न पाईदैन।यी अधिकारहरू सबैको हो, हाम्रा भिन्नताहरू जे भए पनि ।
३. जीवनको अधिकार
हामी सबैलाई बाँच्ने अधिकार छ, र स्वतन्त्रता र सुरक्षामा बाँच्ने अधिकार छ ।
४. कुनै दासत्व छैन
हामीलाई दास बनाउने अधिकार कसैलाई छैन। हामी कसैलाई आफ्नो दास बनाउन सक्दैनौं ।
५. यातना
हामीलाई दुःख दिने वा यातना दिने अधिकार कसैलाई छैन ।
६. हामीलाई जहाँ जाने पनि अधिकार छ । किनकि हामी सबै मान्छे हौं ।
७. कानूनको अगाडि हामी सबै बराबर छौं। कानुन सबैका लागि समान हो । यसले हामी सबैलाई निष्पक्ष व्यवहार गर्नुपर्छ ।
८. हाम्रो मानव अधिकार कानून द्वारा संरक्षित छ। हामी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ। यदि यसो नगर्दा हामी कानुनको मद्दत माग्न सक्छौं ।
९. कुनै अनुचित नजरबन्दमा नराखिने ।
बिना कारण हामीलाई जेलमा राख्ने वा हाम्रो देशबाट टाढा पठाउने अधिकार कसैलाई छैन ।

१०. परीक्षणको अधिकार।

यदि हामी परीक्षणमा छौँ भने यो सार्वजनिक हुनुपर्छ कि हामीलाई के कारण र किन परिक्षण गर्ने भनेर ।
११. कसैलाई विना कारण दोषी नबनाउने
प्रमाणित नभएसम्म कसैलाई पनि दोषि भन्न नमिल्ने ।
१२. गोपनीयताको अधिकार
हामी सबैलाई आफ्नो व्यक्तिगत गोपनियता कायम गर्ने अधिकार छ।
१३. स्वतन्त्रताको अधिकार
हामी सबैलाई आफ्नो देशमा आफूले चाहेको ठाउँमा जाने र आफ्नो इच्छाअनुसार यात्रा गर्ने अधिकार छ ।
१४. बस्नको लागि सुरक्षित ठाउँ खोज्ने अधिकार
यदि हामी आफ्नै देशमा नराम्रो व्यवहार भएको डराउँछौं भने, हामी सबैलाई सुरक्षित हुन अर्को देशमा भाग्ने अधिकार छ ।
१५. राष्ट्रियताको अधिकार
हामी सबैको एउटा देशको अधिकार हो ।
१६. विवाह र परिवार
हरेक योग्यता पुगेका व्यक्तिले चाहेमा विवाह गर्ने र परिवार राख्ने अधिकार छ । विवाह गर्दा र अलग हुँदा पुरुष र महिलाको समान अधिकार हुन्छ ।

१७. हाम्रो आफ्नै सामानहरूको अधिकार
सबैलाई आफ्नो सामानहरूको स्वामित्व वा साझेदारी गर्ने अधिकार छ।
१८. विचार को स्वतन्त्रता
हामी सबैलाई आफूले चाहेको कुरामा विश्वास गर्ने, धर्म मान्ने वा चाहेमा परिवर्तन गर्ने अधिकार छ ।
१९. अभिव्यक्ति स्वतन्त्रता
हामी सबैलाई आफ्नो विचार प्रकट गर्ने, आफूलाई मनपर्ने कुरा सोच्ने, आफूले सोचेको कुरा भन्न र आफ्ना विचारहरू अरूसँग बाँड्ने अधिकार छ।
२०. सार्वजनिक सभाको अधिकार
हामी सबैलाई हाम्रा साथीहरूसँग भेट्ने र हाम्रो अधिकारको रक्षा गर्न शान्तिपूर्वक काम गर्ने अधिकार छ। यदि हामीले कसैलाई चाहँदैनौं भने त्यसलाई समुहमा समेल गर्न सक्दैनौं ।
२१. लोकतन्त्रको अधिकार
हामी सबैलाई हाम्रो देशको सरकारमा भाग लिने अधिकार छ। हरेक मान्छेले आफ्नो नेता÷जनप्रतिनिधि आफै रोज्न पाउनुपर्छ ।
२२. सामाजिक सुरक्षा
हामी सबैसँग किफायती आवास, औषधि, शिक्षा, र बाल हेरचाह, बाँच्नको लागि पर्याप्त पैसा र बिरामी वा वृद्ध भएमा चिकित्सा सहायताको अधिकार ।

२३. श्रमिक अधिकार
हरेक श्रमिकलाई काम गर्ने, आफ्नो कामको उचित पारिश्रमिक पाउने र ट्रेड युनियनमा आबद्ध हुने अधिकार छ।
२४. खेल्ने÷आराम÷निवृत्तको अधिकार
हामी सबैलाई कामबाट आराम गर्ने र अधिकार छ ।
२५. सबैका लागि खाना र आश्रय
हामी सबैलाई राम्रो जीवन जिउने अधिकार छ । आमाबुबा, बालबालिका, वृद्ध, बेरोजगार वा अपाङ्गता भएका व्यक्तिहरू र सबै मानिसहरूलाई हेरचाह गर्ने अधिकार छ ।
२६. शिक्षाको अधिकार
प्राथमिक शिक्षा र विद्यालय निःशुल्क हुनुपर्छ । हामीले संयुक्त राष्ट्र संघ र अरूसँग कसरी अघि बढ्ने भन्ने बारे सिक्नुपर्छ । हाम्रा आमाबाबुले हामीले सिकेका कुराहरू रोज्न सक्नुहुन्छ ।
२७. प्रतिलिपि अधिकार
प्रतिलिपि अधिकार एक विशेष कानून हो जसले आफ्नो कलात्मक सिर्जना र लेखनलाई सुरक्षित गर्दछ; अरूको अनुमति बिना प्रतिलिपि बनाउन पाउदैन । हामी सबैलाई आफ्नो जीवन शैली र कला, विज्ञान र शिक्षाले ल्याउने राम्रो चीजहरूको आनन्द लिने अधिकार छ ।
२८. एक निष्पक्ष र स्वतन्त्र संसार
हामी सबैले आफ्नो देश र विश्वभर अधिकार र स्वतन्त्रताको आनन्द लिन सक्छौं ।
२९. जिम्मेवारी
अरू मानिसहरूप्रति हाम्रो कर्तव्य छ, र हामीले तिनीहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्नुपर्छ ।
३०. कसैले कसैको मानव अधिकार खोस्न पाईदैन् ।
मानव अधिकारलाई कायम राख्न तथा उलङघन् हुन नदिन नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग गठित छ । मानव अधिकार उलङघन् सम्बन्धि कुनैपनि घटना का बारेमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरौं । राष्ट्रिय मानव अधिकार आयोगको नम्बर ०१५०१००१५ चौंबिसै घण्टा खुला छ ।

अतः मानव अधिकारले विश्वबन्धत्व कायम गराउने कुरामा दुई मत नराखि मानवीय व्यवहार र मानवको कर्तव्य बहन गर्ने कुरामा पनि जोड दिन्छ। मानव अधिकार हाम्रा अधिकार मात्र नभई दायित्व बहन गर्ने आधार पत्र पनि हो । यसलाई हामिले व्यबहारमा प्रयोग र आपसी सहकार्य मार्फत यसको उलङघन् हुन दिनु हुदैन ।

तपाईको प्रतिक्रिया