जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नंं. ७ धनरासी टोलका भुकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सोही वडाका यूवा समाजसेवी गोविन्द्र बहादुर सिंहको पहलमा यूएईको आवुदावी विमानस्थलमा कार्यरत नेपालीहरुले पठाएको राहत हस्तान्तरण गरिएको हो ।
गत कार्तिक १७ गते बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारलाई ६ हजार ५०० का दरले रकम हस्तान्तरण गरिएको पहलकर्ता गोविन्द्र बहादुर सिंहले बताए । भुकम्पमा परी उक्त टोलमा ७ जनाको ज्यान गएको थियो ।
थोरै भएपनि भुकम्प पीडितलाई राहतमा सहयोग पुगोस् भनी रकम हस्तान्तरण गरिएको सिंहले बताए । वडाका जनप्रतिनिधी, सरोकारवालाहरुको रोहवरमा राहत वितरण गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । २२ मंसिर २०८०, शुक्रबार