भुकम्पले १० करोड भन्दा बढीका पशुचौपायको क्षती

प्रमुख शर्माले दिएको जानकारी अनुसार भुकम्पले जिल्लाभरी २० वटा गोरु र २० वटा भैसी मरेका छन् । त्यसैगरी १ बाच्छी, १ पाडी, २४० वटा बाख्रा र ६४ वटा पाठापाटी भुकम्पमा पुरिएर मरेका छन् कार्यालय प्रमुख शर्माले भने, ७१० वटा कुखुरा, २३ वटा घरपालुवा कालिज मरेका छन भने, ३६० वटा सुधारिएका पशुगोठहरु भत्किएर नष्ट भएका छन् ।


जाजरकोट । गत कार्तिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढीका पशुचौपायको क्षति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौयाको लागत १० करोड भन्दा बढी रहेको अनुमान गरिएको छ ।

नलगाड, भेरी नगरपालिका, बारेकोट, कुशे र शिवालय गाउँपालिकामा ३६९ जना किसानहरुका पशुचौपाय र गोठहरु नष्ट भई १० करोड ३० लाख ५० हजार ४२२ लागतको क्षेती भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिए । प्रमुख शर्माले दिएको जानकारी अनुसार भुकम्पले जिल्लाभरी २० वटा गोरु र २० वटा भैसी मरेका छन् । त्यसैगरी १ बाच्छी, १ पाडी, २४० वटा बाख्रा र ६४ वटा पाठापाटी भुकम्पमा पुरिएर मरेका छन् कार्यालय प्रमुख शर्माले भने, ७१० वटा कुखुरा, २३ वटा घरपालुवा कालिज मरेका छन भने, ३६० वटा सुधारिएका पशुगोठहरु भत्किएर नष्ट भएका छन् ।
भुकम्पबाट घाईते भएका २०५ जना किसानका २५ वटा गाई÷गोरु, ४८ वटा राँगा÷भैसी, २ हजार ३४५ वटा भेडा÷बाख्रा र ३८७ वटा कुखुराको उपचार गरिएको छ । भुकम्पबाट सबैभन्दा बढी नलगाड नगरपालिकामा पशुधनको क्षती भएको बताउदै कार्यालय प्रमुख शर्माले नलगाड नगरपालिकाका २९४ जना, भेरी नगरपालिकाका १५ जना, शिवालय गाउँपालिकाका ४६ जना, बारेकोट गाउँपालिकाका १३ जना, कुशे गाउँपालिकाका १ जना किसानको पशुधन र सुधारिएका पशुगोठहरु नष्ट भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया