भूकम्प पीडितहरूका लागि अस्थायी आवास निर्माण

भूकम्प पीडितहरूका लागि अस्थायी आवास निर्माण
जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा खटिएका टोलीले भेरी नगरपालिका १ रावतगाउँमा भूकम्पमा परी मृत्यु भएका दुई घरपरिवारका लागि अस्थायी आवास निर्माण गरेका छन् ।

दोस्रो चरणको अस्थायी आवास निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका महर नेतृत्वको टोलीले भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिकामा भूकम्पमा परी मृत्यु भएका मृतक परिवार, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी अस्थायी आवास निर्माण सुरु गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रमा घरबासविहीन परिवारका एक हजार अस्थायी आवास निर्माण गर्ने निर्णय गरेपछि सोही अनुसार गाउँबस्तीमा टोली खटिएका छन् । यसैगरी, नेता नैनसिंह महर, कुन्दनराज काफ्लेलगायत नेता कार्यकर्ता अस्थायी आवास निर्माणमा खटिनुभएको छ ।

आफन्तसँगै घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका मृतकका परिवार र ज्येष्ठ नागरिकका लागि अस्थायी आवास बनाउने काम सुरु भएको छ ।

नेता महरको नेतृत्वमा खटिएको टोलीले भेरी नगरपालिका १ पूर्ण रावतको घरमा पाहुना आएका पश्चिम रुकुमका दुई जना, पूर्णका ९ वर्षीय छोरा सुजन रावत, २ वर्षीय छोरा सुदन रावत सालीका ६ वर्षीय छोरा विपन परियार र ४ वर्षीय छोरी सम्झना परियारको भूकम्पमा परी मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया