सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन ।
प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ । ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार मोबाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोबाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको हो ।
हाम्रो पहुँच संवाददाता । १४ मंसिर २०८०, बिहीबार