भुकम्प प्रभावित जिल्लाका यूवा स्वंयमसेवकलाई व्यवहार परिवर्तन सम्बन्धी अभिमुखीकरण, तत्कालै परिचालन गरिने

No description available.
जाजरकोट । भुकम्प प्रभावित समुदायका युवा स्वंयमसेवकहरुका लागि सामाजिक संलग्नताद्वारा जोखिम पुर्ण सञ्चार तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरणख कार्यक्रम सञ्चालन गरिएको छ ।

युनिसेफ नेपालको सहयोगमा र अनेरास्ववियू जाजरकोट र रुकुम पश्चिमको समन्वयमा बास नेपालद्धारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त अभिमुखीकरण गरिएको हो ।

मंसिर १४ गते जाजरकोट जिल्लाका भुकम्प प्रभावित स्थानीय तह, भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाँउपालिकाका युवा स्वंयमसेवकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणको उद्घाटनमा बोल्दै, जाजरकोट अनेरास्ववियू नेता तथा जिल्ला अस्पताल जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले भुकम्प प्रभावित क्षेत्रमा मनोसामाजिक त्रास रहेकाले उनीहरुलाई सान्त्वना आवश्यक रहेको बताए ।

No description available.
उनले पछिल्लो समयमा नियमित खोप लगायत स्वास्थ्य सेवा समेत अनियमित भएकाले स्वास्थ्य सेवा नियमित गर्न र सही सूचना प्रवाह गर्न स्वयंमसेवकको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे । उनले सबै स्वयम् सेवकहरुलाई अभिमुखीकरणबाट सिकेको कुरालाई समुदायमा गएर प्रभावित व्यक्तिहरु सम्म पुर्याउन अनुरोध गरे । उनले स्वास्थ्यका र विद्यार्थीका बिषयमा कुनै पनि समस्या भएमा समन्वय गर्न समेत अनुरोध गरे ।

अभिमुखीकरणमा सामाजिक संलग्नताद्वारा जोखिम पुर्ण सञ्चार तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र अशोक जोशीले सहजिकरण गरेका थिए । बासका कार्यक्रम बासका प्रबन्धक हेमराज भट्टले अभिमुखिकरणको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा ३ ओटा पालिकामा २५ जना स्वंयम्सेवकहरुको सहभागिता रहेको छ ।

यसैगरी कार्यक्रम अन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाँउपालिका र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका ३० जना युवाहरुलाई अभिमुखिकरण गरिएको छ । सानीभेरी गाँउपालिका वडा नम्बर १ को सभाहलमा भएको अभिमुखिकरणको उद्घाटनमा बोल्दै वडा नम्बर १ का अध्यक्ष टेकबहादुर पुनले विपतको समयमा गैर सरकारी संस्थाहरुको भूमिका निकै महतवपूर्ण रहेको बताए ।

भुकम्पले तहसनहस भएको अवस्थामा समुदायका ब्यक्तिहरुलाई सहानुभुती दिने, तत्काल समुदायमा स्वंयमसेवक परिचालन गर्ने, राहत वितरण गर्ने, तथ्यांक संकलन गर्ने लगायतमा गैरसरकारी संस्थाहरुको सहयोगले स्थानीय तहहरुमा ठुलो सहयोग पुगेको बताए । उनले मानवीय कार्यमा निश्वार्थ भावनाले सहयोग गर्ने उद्धेश्यले गरिने स्वयम् सेवक परिचालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । उनले सबै स्वयम् सेवकहरुलाई जन सेवाको भावनामा काम गर्न अनुरोध गरेका थिए ।

No description available.
बास नेपाल रुकुम पश्चिम शाखा अध्यक्ष करन बिकले सञ्चालन गरेको उद्घाटनमा अभिमुखिकरणको उद्धेश्य माथि प्रकाश युनिसेफ नेपालका प्रकाश आचार्यले गरेका थिए । अभिमुखिकरणमा स्वयं सेवक परिचालनका बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र अशोक जोशीले सहजिकरण गरेका थिए । अभिमुखिकरण पश्चात विपतको समयमा स्वयम सेवकको रुपमा कार्य गर्ने अवसर पाएकोमा स्वयम् सेवकहरुले खुसी ब्यक्त गरेका थिए । उनीहरुले समुदायमा गएर अभिमुखिकरणबाट प्राप्त सन्देश प्रवाह गर्ने प्रतिबद्धता गरेका थिए । अभिमुखिरकणमा ३० जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण पछि स्वयम् सेवकहरुले प्रभावित समुदायमा प्रत्यक्ष भेटघाट र घरदैलो मार्फत् सामाजिक संलग्नता द्वारा अन्तर वैयक्तिक सञ्चार मार्फत् सामाजिक व्यवहार परिवर्तन तथा स्वास्थ्य सम्बन्धि जोखिम र अन्य जोखिम कम उद्देश्यले खानेपानी, सरसफाइ र स्वच्छता, स्वास्थ्य तथा पोषण, शिक्षा, र संरक्षण सम्बन्धि ब्यवहारिक ज्ञान, सिप प्रदान गर्नुका साथै आवश्यक सहयोग गर्नेछन् ।

तपाईको प्रतिक्रिया