भुकम्प पीडितका आवास निर्माणमा दलहरु : एमाले ३१५, काँग्रेस १०४, माओवादी ८०…

भूकम्प प्रभावितका लागि दलहरुले सुरु गरेको श्रमदान अभियानबाट पाँचसय ८ अस्थायी आवास निर्माण भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सम्म कुल पाँचसय ८ वटा अस्थायी आवास निर्माण गरेको सम्बन्धित पार्टीले जनाएका छन् ।

जाजरकोट । भूकम्प प्रभावितका लागि दलहरुले सुरु गरेको श्रमदान अभियानबाट पाँचसय ८ अस्थायी आवास निर्माण भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सम्म कुल पाँचसय ८ वटा अस्थायी आवास निर्माण गरेको सम्बन्धित पार्टीले जनाएका छन् ।

जसमध्ये एमालेले सबैभन्दा बढी अर्थात मंगलबार सम्म ३ सय १५ वटा अस्थायी आवास निर्माण गरेको छ । एमालेले २० घरधुरीको भग्नावशेष र ३ सय १५ वटा अस्थायी आवास निर्माण गरेको एमालेका केन्द्रीय सदस्य निरज आर्चायले जानकारी दिए । एमालेले भेरी नगरपालिकाको वडा नं. ३ र २, नलगाडको वडा नं. १, ३, ५, ६ र ७, कुशेको वडा नं. ७, वारेकोटको वडा नं. १, ३, ५, ९ र छेडागाडको वडा नं. ८ मा अस्थायी आवास निर्माण गरेको हो । त्यस्तै, एमालेले ५ वटा विद्यालयको भग्नावशेष समेत हटाएको छ । अस्थायी आवास निर्माण तथा भग्नावशेष हटाउनका एमालेले २७ वटा समूह विभाजन गरेर जिल्लाभर ११ सय स्वयंसेवक खटाएको छ ।

May be an image of 7 people
यस्तै, नेपाली काँग्रेसले १ सय ४ वटा अस्थायी आवास निर्माण गरेको छ । काँग्रेसले नलगाडको वडा नं १, ४ र भेरीको ३ र ५ मा अस्थायी आवास निर्माण गरेको हो । काँग्रेसले अस्थायी आवास निर्माण तथा भग्नावशेष हटाउनका लागि १ सय ५० जना कार्यकर्ता परिचालन गरिएको कार्यवाहक सभापति खड्क विसीले जानकारी दिए ।

काँग्रेसले अस्थायी आवास निर्माणका लागि १ हजार कार्यकर्ता परिचालन गर्ने गरी केन्द्रीय सदस्यहरुलाई नै पालिकामा खटाउने गरी जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्रले मंगलबार सम्म ८० अस्थायी आवास निर्माण गरेको छ । माओवादीले भेरी को वडा नं. १ र नलगाडको वडा नं. १, ४ र ७ मा अस्थायी आवास निर्माण गरेको जिल्ला इन्चार्ज गगन खड्काले जानकारी दिए ।

नेपाली काँग्रेसका स्वंयमसेवकहरू

नेकपा विप्लव समुहले ५ वटा र नेकपा एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेका छन् । अस्थायी आवास निर्माण धमाधम भईरहेको एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले बताए ।

५० करोड निकासा
जाजरकोटमा भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५० करोड रकम निकासा सुरु भएको छ । पहिलो किस्ता वापतको रकम निकासा गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको कोषमा जम्मा हुनेगरी रकम निकासा गरेको हो ।

अस्थायी आवास निर्माणका लागि पहिलो चरणको गरेको ५० करोड निकासा गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० (दोस्रो संशोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । जिल्लामा पहिलो किस्तामा एक पर परिवारले पाउनुपर्ने रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा पठाउने तयारी भएको छ । अहिलेसम्म स्थानीय तहवाट एकीन तथ्याङक नआएकोले स्थानीय तहमा रकम पठाउन समस्या भएको छ । क्षती भएका नागरिकले अस्थायी आवासका लागि पहिलो किस्तामा २५ हजार रकम पाउने छन् । पूर्ण रुपमा आवास निर्माण भएपछि बाँकी २५ हजार रकम पाउने छन् ।

May be an image of 4 people and mountain

नेकपा एमालेका स्वंयमसेवकहरू अस्थायी टहरा निर्माण गर्दै

पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले दुई चरणमा गरेर ५० हजार रुपैयाँ दिने छ । जिल्ला विपद् व्यवस्थापन समितिले नेपाल रेडक्रस सोसाईटीको अगुवाईमा स्थानीय वडा समितिका प्रतिनिधी र प्रहरी सहितको टोलीलाई क्षतिको पूर्ण विवरणसहितको तथ्यांक संकलनको जिम्मा दिइएको छ । अनुदान लिनका लागि नागरिकता लगायतका कागजात चाहिने तर कतिपयका कागजातहरु भत्किएका घरमा पुरिएका, मजदुरीका लागि भारत गएका कतिपयले नागरिकता नै नबनाएका आदि कारणले नागरिकताको प्रतिलिपी लिन, नयाँ नागरिकता बनाउन समस्या भएको छ ।

May be an image of 5 people, people climbing and tree

माओवादी केन्द्रका स्वंयमसेवक अस्थायी आवास निर्माण गर्दै

यतिबेला राहत अनुदान लिनकै लागि नागरिकता बनाउनेको जिल्ला प्रशासन कार्यालयमा भीड नै लाग्ने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए । कतिपयले अनुदान लिनकै लागि एउटै परिवारलाई पनि टुक बनाएर धेरै परिवार देखाउन थालेका छन् । समयमा अस्थायी आवास नबनाउँदा भुकम्प पीडित त्रिपालमा चिसोमा बस्न वाध्य छन् । भौगोलिक विकटताले पनि समस्या बनाएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

भेरीमालिका दैनिक बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया