भूकम्प पीडितलाई एशियन पेन्टस् नेपालको सहयोग


काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ६.४ म्याग्निट्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । एशियन पेन्टस् नेपालद्वारा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग ऐकबद्धता प्रकट गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक एशियन पेन्टस् नेपाल प्रा. लिमिटेडका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया