जाजरकोटमा एक लाख पच्चिस हजार राशीको रोशन–विक्रान्त स्मृति कप फुटबल हुने


जाजरकोट । जाजरकाेटको खलंगामा  राेशन, विक्रान्त स्मृति कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
“लागु औषध त्यागौ, खेलकुदमा लागौ” भन्ने मुल नाराका साथ यूनाइटेड युथ क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता आउदो कात्तिक १५ गतेदेखि त्रिभुवन  मा.वि.काे खेल मैदानमा हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
पाैडी खेल्ने क्रममा ज्यान गुमाएका जिल्लाका फुटबल खेलाडीहरु राेशन खड्का र विक्रान्त के.सी.काे सम्झनामा प्रतियोगिताको आयोजना गरिएको यूनाइटेड युथ क्लबका अध्यक्ष मबिन ज‌ंग शाही जानकारी दिए ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले  १ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले  ७५ हजार ५ सय ५५ नगद.  मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।
यसैविच प्रतियोगिता आयोजक समितीले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवरले सम्पन्न गर्नका लागि तयारी लाई तिब्र पारेको समेत आयाेजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया