गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसंघका महासचिवको आह्वान


सयुंक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजा क्षेत्रमा द्रुत र निर्वाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसलाई रिहा गर्न आह्वान गरेका छन्।

‘यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ, संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो,’ उनले भने, ‘हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजरायलले गाजा क्षेत्रका नागरिकलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवश्यक रहेको महासचिव गुटेरेसको जोड छ। यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्वाध पहुँच प्रदान गर्नुपर्छ।’

यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताए। संयुक्त राष्ट्रसंघसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैरखाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटेरेसले बताए।

तपाईको प्रतिक्रिया