जाजरकोट । जाजरकोटमा कृषकहरुलाई अनुदानमा आधुनिक माहुरी घार वितरण गरिएको छ । खलङ्गा साना किसान सहकारी संस्था लिमिटेडले इलम परियोजना हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित महिला उद्यमशिलता विकास तथा रोजगारी सृजना कार्यक्रम अन्र्तगत उक्त घार वितरण गरिएको हो ।
भेरी नगरपालिका वडा नं १ र २ का ३० जना माहुरीपालक किसानहरुका लागि ९० थान माहुरी गोला सहितका आधुनिक घार लगायतका सामाग्रीहरु वितरण गरिएको हो । खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडका अध्यक्ष यगुमाया कार्कीले जम्मा १२ हजार रुपियाँ पर्ने उक्त गोलासहितको घार ७५ प्रतिशत संस्थाको र २५ प्रतिशत कृषकले व्यहोर्ने गरि वितरण गरिएको जानकारी दिईन् ।
हाम्रो पहुँच संवाददाता । २९ आश्विन २०८०, सोमबार