जाजरकोट । गत भाद्र १६ गते देखि नेकपा माओवादी केन्द्रले देशैभर तीन महिने विशेष रुपान्तरण अभियान चलाईरहेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका ६ हजार ६ सय ८० वडामा भुर्चअल माध्यम बाट अभियानको उद्दघाटन गरेका थिए । सोही दिन बाट जाजरकोटमा पनि अभियानको विधिवत् रुपमा उद्दघाटन भयो । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जामन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका –०१ रावतगाउँ बाट अभियानको शुभआरम्भ गरेका थिए ।
माओवादी केन्द्रका नेता कार्यकर्ताहरु यतिवेला जनता सँग माओवादी विशेष रुपान्तरण नारा सहित गाउँगाउँमा छन् । अभियान सुरु भएको एक महिना पुगेको अवसर पारी माओवादी केन्द्र जाजरकोटले प्रारिम्भक समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टीका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवको उपस्थितिमा असोज २४ गते समीक्षात्मक वैठक सकियो ।
बैठकमा अहिले सम्म भएका गतिविधी, माओवादीका लागि नयाँ चुनौती, कार्यकर्ता, जनताका समस्या अवका सम्भावना र अवसरका विषयमा सातवटै स्थानीय तहका इन्चार्जहरुले रिर्पोटिङ्ग प्रस्तुत गरेका थिए । सोही कुराको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी केन्द्र जाजरकोटका इन्चार्ज बसन्त कुमार शर्माले जानकारी दिए । पत्रकारहरु सँगको कुराकानीमा बोल्दै इन्चार्ज शर्माले जाजरकोटमा सुस्ताएको माओवादीलाई फराकिलो बनाउन अभियानले ठूलो भुमिका निर्वाह गरेको शर्माले बताए ।
गाउँगाउँमा श्रमदान, सरसफाई, छलफल, विकास निर्माणमा भएका गतिविधीहरुलाई प्राथमिकताका साथ पार्टीले हेरेको इन्चार्ज शर्माको भनाई छ । माओवादी परिवर्तनकारी शक्ति भएको, जनताको मनमनमा माओवादी छ भन्ने कुरालाई जनतामा स्थापित गर्न अभियानले ठूलो सहयोग गरेको समेत शर्माले बताए ।
जाजरकोटमा २०६४ यता माओवादीले राज गर्दै आएको छ तर जनता सँग माओवादी किन जोडिन सकेको छैन्, अव एकल निर्वाचन जान मतदाताले आग्रह गरेको शर्माले दावी गरे । नेपाली काँग्रेस, एमाले, समाजवादी र स्वतन्त्रवाट गरी २५१ जनाले माओवादीमा प्रवेश गरेको प्रेस नोटमा जारी गरिएको छ ।
एक महिनामा भएका गतिविधीहरुलाई प्रेसनोट मार्फत सार्वजनिक गरिएको छ ।
१) जिल्लाका ७७ वटै वडाहरुमा भेला वैठकहरु, विध्यालय, स्वास्थ्य चौकी, अस्पत्तालहरु, वाटोघाटो र वजार सरसफाई एवं मर्मत, जनसेवाका कामहरु र शहिद परिवारहरुलाई अभिनन्दन लगायत जनसभाहरु गरी उत्साहपूर्ण रुपमा अभियानको उद्घाटन गरीयो ।
२) यस अवधिमा पार्टीका ७७ वटा वडा कमिटीहरु र अन्तरगतका टोल तथा सेल कमिटीहरुका वैठहरु सम्पन्न भएका छन् । पार्टी सदस्यता नविकरण ७८४ र नयाँ पार्टी सदस्य १०९ जना थपिएका छन् ।
३) हाल सम्म ४४२५ घरधुरीमा पुगेको र २१४९९ जनासँग भेटघाट अन्तरक्रिया एवं सुझाव संकलन गरिएको छ । यस क्रममा ने.का., एमाले, समाजवादी र स्वतन्त्रवाट गरी २५१ जनाले हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।
४) यस अवधिमा विध्यालय, अस्पताल, धारा–पंधेरा र वाटोघाटो र सरसफाई, वजार सरसफाई, वाटोघाटो मर्मतका २२ वटा कामहरु लगायत सयौं जनताको घरघरमा सरसहयोगका कामहरु सम्पन्न भएका छन् ।
५) यस अभियानले पार्टी कमिटीहरु क्रियाशिल, नेता कार्यकर्ताहरु गतिशिल, जनता कार्यकर्ताहरुको विचको सम्वन्धमा विश्वासको वढावा र जनता कार्यकर्ताहरुमा सकारात्मक सोंचको विकास गर्दै आम पङ्क्तिमा उत्साह जगाएको र अभियानलाई निरन्तरता दिनुपर्ने माग सर्वत्र उठेको छ ।
६) अभियान अवधिमा जिल्लाका ७ वटै स्थानिय तहहरुमा जनजिविका, सुशासन र विकास निर्माण लगायतका मागहरु समावेश गरी ज्ञापनपत्र वुझाउने काम भएको छ ।
७) यस अवधिमा माओवादीले जितेका २५ वटा वडाहरुमा मतदाताहरुसँग जनप्रतिनिधहरुको सार्वजनिक सुनुवाईको कार्यक्रमहरु गरियो भने नजितेका ५२ वटा वडाहरुमा स्थानिय सरकारद्वारा भएका अनियमितताहरुको भण्डाफोर सभा र वडाहरुमा ज्ञापन पत्र वुझाउने कार्यक्रमहरु सम्पन्न भएका छन् ।
८) अभियानको क्रममा जनतावाट पार्टी नेता कार्यकर्ताहरु वेला वेला गाउँमा जनताहरुसँग यसरी नै आईरहनुपर्ने । कतिपय राजनैतिक दलका कार्यकर्ताहरु द्वारा योजनाहरुवाट कमिसन उठाईएको कुराको उचित छानविन र कार्वाही हुनु पर्ने, गाउँ गाउँमा रोजगारीको अवसर सृजना हुने कार्यक्रम ल्याउनु पर्ने । शहिद परिवार घाइते अपाङ्गहरु र पूर्व जमुसे तथा पुर्णकालीन कार्यकर्ताहरुको उचित व्यवस्थापन हुनु पर्ने निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग नियमित सम्पर्क र भेटघाट गरीरहनु पर्ने। मन्त्री पनि सवैपालिकाहरुमा समय समयमा मतदाताहरुसँग भेटघाटमा आउनुपर्ने । गठवन्धन नगरी एकल चुनावी प्रतिश्प्रधामा जानुपर्ने र विकास वजेट एवं नेतृत्व विकासमा जिल्लाका सवै पालीकाहरुमा सन्तुलित रुपमा गर्नु पर्ने जस्ता महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।
हाम्रो पहुँच संवाददाता । २६ आश्विन २०८०, शुक्रबार