आहा ! रुकुम पूर्वको राम्ली लेक

No description available.

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने राम्ली लेक पर्यटनको सम्भावना बोकेको क्षेत्र रहेको छ । राम्ली लेकबाट आसपासका रमणीय ठाउँहरुको अवलोकन संगै स्वच्छ र मनोरञ्जन वातावरणमा रमाउन सकिन्छ ।

No description available.

जहाँबाट सिस्ने हिमालको सुन्दर दृश्य संगै रोल्पाको जलजला, धौलागिरी हिमाल समेत अवलोकन गर्न सकिन्छ । राम्ली लेकमा स्थानीयले ऋषि पूर्णिमा र ज्येष्ठ पूर्णिमामा पूजाआजा गर्ने समेत गर्दछन् । राम्ली लेक आसपासको क्षेत्रलाई अझै व्यवस्थित गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र बन्ने स्थानीय सन्तोष विश्वकर्माले बताए ।

मध्यपहाडी लोकमार्ग देखि करिब ३ घन्टा हिडेपछी राम्ली लेकमा पुग्न सकिन्छ । विगतको एक दशक बर्ष पहिलेको समयमा उक्त लेकमा हेलो नेपालको टावर निर्माण भएको भएपनि हाल उक्त क्षेत्रमा हाल नेपाल टेलिकमले टावर निर्माण गरेर सेवा समेत सञ्चालनमा रहेको छ ।

त्यस क्षेत्रमा हिउँदको समयमा भेडी गोठालाहरु बस्ने गर्दछन् । आज भोली बर्खाको समयमा भैंसी गोठालाहरु बस्ने गरेका छन् ।

No description available.

तपाईको प्रतिक्रिया