जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको सेवाप्रवाह बन्द गरिएको छ । स्वास्थ्य सेवा बाहेक सबै सेवाप्रवाह बन्द गरिएको स्थानीय तह कर्मचारी संघर्ष समिति भेरी नगरपालिका संयोजक इन्जिजियर मोहन मल्लले जानकारी दिए ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवा र सरसफाई तथा फोहरमैला व्यवस्थापनको सेवा बाहेक सबै सेवा बन्द गरिएको मल्लले बताए । ‘यो कुनै हाम्रो रहर होइन् बाध्यता हो, संघर्ष समिति सदस्य सुधा हमालले भनिन्, ‘हामीले राखेका २० बुद्दे माग सरकारले सम्बोधन नगरे सम्म सेवा प्रवाह हुदैन् ।’
प्रेस विज्ञप्तीमा भनिएको छ, नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०/०५/२१ को बैठकबाट संघीय निजामति सेवा विधेयक,२०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुको पहिचान, सेवाको सुरक्षा, वृत्ति विकास, सरुवा बढुवा लगायतका विषयमा अस्पष्टता भएकोले स्थानीय तहका कर्मचारीहरुको हक अधिकारको उचित सम्बोधन गर्दै यथाशीघ्र निजामति सेवा ऐन जारी गर्न स्थानीय तह कर्मचारी केन्द्रिय सघर्ष समितिले “प्रशासनिक संघीयता पूर्ण कार्यन्वयनको आधार तीनै तहका कर्मचारीको समान अधिकार“ भन्ने मुल नाराका साथ विभिन्न दवाबमुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोही दवावमुलक कार्यक्रम अन्तर्गत मिति २०८०/०६/१३ गते देखि काठमाण्डौ केन्द्रित शान्तिपूर्ण प्रदर्शन गर्दै आएकोमा मितिः २०८०/०६/२२ गते सोमवार शान्तिपूर्ण प्रदर्शनकै क्रममा राष्ट्रसेवक कर्मचारीहरु माथि लाठी चार्ज, हातपात तथा लछारपछार गर्ने (प्रहरी दमन) समेतको दुस्कार्य भएको घटनालाई यस कर्मचारी संघर्ष समिति, भेरी नगरपालिका घोर भर्त्सना एवम् खेद प्रकट गर्दछ । उक्त घटनाको सम्पूर्ण जिम्मेवारी लिई घाइते कर्मचारीहरुको स्वास्थ्य उपचारको व्यवस्थापन एवम् पूर्ण जिम्मेवारी लिन समेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
तसर्थः सम्पूर्ण स्थानीय तहका कर्मचारीहरुको हक हितको लागि भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउन केन्द्रिय संघर्ष समितिको निणर्य वमोजिम यस भेरी नगरपालिकावाट स्वास्थ्य सेवा र सरसफाई तथा फोहर मैला व्यवस्थापनका सेवा वाहेक अन्य सम्पूर्ण सेवाका कामकाज ठप्प गर्ने निणर्य भएकोले सोही अनुसार अर्को सुचना नभए सम्मको लागी सवै वडा कार्यालय तथा नगर कार्यपालिकाको कार्यालय वाट प्रदान गरिने सम्पूर्ण सेवा वन्द गरेको व्यहोरा अनुरोध छ । साथै यस “कार्यवाट सेवाग्राहीमा पर्न गएको असहजता प्रति क्षमायाचना माग्दै यो कार्य गर्न कुनै रहर नभई हाम्रो वाध्यता भएको” व्यहोरा समेत सम्पूर्ण सरोकारवाला सवैमा यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौं ।
हाम्रो पहुँच संवाददाता । २३ आश्विन २०८०, मंगलवार