पलाँतामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया

blog
कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको समन्वयमा चलेको आँखा शिबिरमा मोतीबिन्दु भएका ७७ जना आँखाका बिरामीको शल्यक्रिया भएको हो ।

स्वास्थ्य शाखाका कर्मचारी बिनोद न्यौपानेका अनुसार ३९ जना महिला र ३८ जना पुरुष गरी ७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । गाउँपालिका अध्यक्ष बिष्णुवहादुर रोकायाले आफ्नो गाउँपालिकामा आँखाका बिरामी धेरै भएकाले शिबिर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरालाई अनुरोध गर्नुभएको थियो ।

जिल्ला आँखा उपचार केन्द्र कालीकोट र नेत्र ज्योतीसंघ कालीकोटको समन्वयमा पलाँतामा आँखाका बिरामी लक्षित शिबिर सञ्चालन भएको थियो । जिल्ला सरदुमकाम मान्म देखि १८ कोष उत्तरतर्फ रहेको पलाँता गाउँपालिका भौगोलिक रुपमा पनि निकै बिकट छ । शिबिरमा तीन सयभन्दा बढीले आँखा जचाएका छन ।

तपाईको प्रतिक्रिया