जाजरकोट प्रहरीको सेवा : अशक्तलाई ह्वील चेयर, हिरासतमा पुस्तकालय

शारीरिक रुपमा अशक्त सेवाग्राहीलाई नागरिक सहायता कक्ष बाट समस्याको प्रकृति हेरी मुद्धा हेर्ने अधिकारी समक्ष पुग्नका लागि ह्वील चेयरको व्यवस्था गरिएको छ । अहिले सम्म दर्जन बढी शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर मार्फत गुनासो सुन्ने अधिकारी समक्ष पु¥याएर सरल सेवा प्रवाह भईरहेको डिएसपी रोकाले दावी गरे ।

No description available.

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अशक्त, अपांगता भएका व्यक्तिहरुका लागि ह्वील चेयरको सेवा सुरु गरेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोट सँग समन्वय गरी शारीरिक रुपमा अशक्त रहेका नागरिकलाई सेवा दिन ह्वील चेयरको व्यवस्था गरिएको प्रहरी प्रमुख (डिएसपी) सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार, प्रहरी कार्यालयको प्रवेशद्धारमै ह्वील चेयर राखिएको छ ।

शारीरिक रुपमा अशक्त सेवाग्राहीलाई नागरिक सहायता कक्ष बाट समस्याको प्रकृति हेरी मुद्धा हेर्ने अधिकारी समक्ष पुग्नका लागि ह्वील चेयरको व्यवस्था गरिएको छ । अहिले सम्म दर्जन बढी शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर मार्फत गुनासो सुन्ने अधिकारी समक्ष पु¥याएर सरल सेवा प्रवाह भईरहेको डिएसपी रोकाले दावी गरे । बारेकोट गाउँपालिका – ९ बाट सेवा लिन आएकी धनकुमारी कामीले ह्वील चेयर मार्फत गुनासो सुन्ने अधिकारी समक्ष सजिलै प्रहरीले नै पु¥याउँदा आफु निकै खुशी भएको बताईन् ।

No description available.
खुट्टामा समस्या भएका कारण सेवा लिने ठाउँ सम्म जान मुस्किल हुने अड्कल गरेकी कामीले उकालो बाटोमा सजिलै ह्वील चेयरको सहायतामा पु¥याउँदा अनौठो लागेको बताईन् । प्रहरी कार्यालयको प्रवेशद्धारा नजिकै नागरिक सहायता कक्ष र उजुरी कक्ष स्थापना गरी समस्या सुनेर सोही अनुसारको पास उपलब्ध गराएर सम्बन्धीत अधिकारी समक्ष पु¥याउने व्यवस्था गर्दै आएको छ । यो गर्दा प्रहरीमा जाने सेवाग्राहीको समयकोे वचत तथा समस्याको पहिचान समयमै हुने प्रहरीले विश्वास लिएको छ ।

No description available.

सहायता कक्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सहयोग कक्ष, दलित समन्वय कक्ष र उजुरी कक्ष स्थापना गरिएको डिएसपी रोकाले बताए । उनले भने, ‘कसलाई के समस्या हो, त्यो सेवाग्राहीलाई त्यही कक्षमा लिएर साथीहरु जानुहुन्छ, अनि समस्याको पहिचान र समयको वचत हुदै आएको छ ।’

No description available.

हिरासतमा पुस्तकालय
जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा पुस्तकालयको व्यवस्था गरिएको छ । हिरासतका रहेको बन्दीहरुलाई पुस्तक पढ्न मन लागेमा पुस्तकालय बाट मागेर पुस्तक पढ्न सक्ने व्यवस्था गरिएको डिएसपी रोकाले बताए । विभिन्न घटनामा संग्लन तथा अनुसन्धानका  क्रममा हिरासत बस्ने बन्दीहरुका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । यस्तै, केही महिना देखि जाजरकोट प्रहरीले नम्बरसहितको घरघरमा स्ट्रिकर टाँस अभियान चलाईरहेको  छ।

जिल्लामा रहेका ३४ हजार ३०९ घरधुरीमध्ये २७ हजार घरमा स्ट्रिकर टाँसिएको छ बाँकी रहेका घरहरुमा छिट्टै टाँसिने प्रहरीको भनाई छ । स्ट्रिकरमा विभिन्न स्थानका प्रहरीको नम्बर सहित अन्य सरोकारवालाहरुको समेत समावेश गरिएको छ । यो बर्ष जाजरकोटमा अफिम, गाँजा खेती शुन्यमा झरेको प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया