जाजरकोट । कृषि क्षेत्र विकास कार्यक्रम ( ए.एस.डिपी) ले जाजरकोटमा कृषि सामग्री वितरण गरेको छ । भेरी नगरपालिका वडा नं —६ गंगटिया टोलमा विभिन्न कृषि सामग्री वितरण गरेको हो । कृषि क्षेत्र विकास कार्यक्रम ( ASDP) र रातोपाण्डा यूवा कृषि सहकारी संस्थाको सहकार्यमा उप– समूह डाँडाखेत महिला कृषक उप समूह र रुपान्तरण महिला कृषक उप समुहमा बेमौसमी तरकारी खेती मुल्य श्रंखला अन्तर्गत ५० प्रतिशन अनुदानमा व्यावसायिक तरकारी खेती उत्पादनका लागि ४३ जना महिला सदस्यहरुलाई बैमौसमी तरकारी उत्पादन सामग्री दिईएको कृषि क्षेत्र विकास कार्यक्रममा कार्यरत कृषि प्राविधिक दिपेन्द्र सुनारले जानकारी दिए ।
उनका अनुसार प्लास्टिक घर निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु सिपोलिन प्लास्टिक, किरा छेक्ने जाली, मल्चिङ प्लास्टिक, स्प्रेड, थोपा सिचाइ सेट ड्रम, जैविक विषादी बनाउने ड्रम, कोकोपिट, नर्सरी ट्रे लगायतका कृषि सामग्री दिईएको छ । यसका साथै तरकारी उत्पादनका लागि चाहिने विउविजन टमाटर, काउली, बन्दाका विउहरु दिईएको छ ।
ASDP कार्यक्रमले विभिन्न मुल्य श्रीङ्खलामा जाजरकोटको भेरी नगरपालिका ,शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका कुशे गाउपालिकामा काम गर्दै आएको छ ।
हाम्रो पहुँच संवाददाता । २९ भाद्र २०८०, शुक्रबार