यसरी मनाईयो भेरी नगरपालिका ८ मा बाल दिवस ( फोटो फिचर)

जाजरकोट । ५९ औं राष्ट्रिय बाल दिवस जिल्लाको भेरी नगरपालिका ८ मा भव्यताका साथ मनाईएको छ । वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाईएको हो । वक्तृत्वकला प्रतियोगिता, खोखो खेलको आयोजना गरी बाल दिवस मनाईएको वडाध्यक्ष वीरबहादुर चन्दले जानकारी दिए ।

बाल विवाह न्यूनिकरणमा विद्यार्थीको भुमिका शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा चन्द्रज्योती आधारभुत विद्यालयकी छात्रा रिता विक प्रथम भएकी छन् भने मष्टा आधारभुत विद्यालयकी छात्रा सविता वली दृतिय भएकी छन् । यस्तै, नेपाल राष्ट्रिय आधारभुत विद्यालयकी छात्रा लक्ष्मी चन्द तृतिय भएको वडाध्यक्ष चन्दले बताए ।

यस्तै, खोखो खेलतर्फ मष्टा आधारभुत विद्यालय प्रथम, चन्द्रज्योति आधारभुत विद्यालय दृतिय र सूर्य ज्योति आधारभुत विद्यालय तृतिय भएको छ । विजेता सबैलाई आकर्षक पुरस्कार वितरण गरिएको छ । पाँचतारा यूवा संरक्षक मञ्च, भेरी नगरपालिका र वल्र्ड भिजनको साझेदारीमा कार्यक्रम भएको थियो । वडा नं ७ का वडाध्यक्ष दीपबहादुर शाही, वडा नं ९ का वडाध्यक्ष हिरा प्रसाद शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा ६ सय भन्दा बढी सहभागी रहेको वडाध्यक्ष चन्दले बताए ।

‘बालबालिकामा लगानी, सुनिश्चि भविष्यको थालनी’ राष्ट्रिय बालदिवस २०८० को नारा रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया