जाजरकोट । शिवालय गाउँपालिका जाजरकोटले किसानहरुलाई कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनको लागि चियाको बेर्न वितरण गरेको छ । कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनमा सहयोग गर्न चियाको बेर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता दिपक बहादुर खडकाले जानकारी दिएका छन ।
शिवालय गाउँपालिकाको वडा नम्बर २ लयाकाँडा र ३ नम्बरको घोडाछालमा ६ हजार विरुवा वितरण गरिएको खडकाले बताए । किसानलाई नगदेबालीमा आक्रशित गरि कृषि क्षेत्रबाट नै उत्पादन बढाएर रोजगारी दिने, पुजि र श्रम शक्ति पलायन हुन नदिने मुख्य लक्ष सहित गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीको बिशेष पहल र योजना अनुसार चियापत्तिको बिरुवा वितरण गरिएको प्रबक्ता खड्काले जानकारी दिए ।
साथै पालिकामा हावापानी चियापत्ती उत्पादनको लागि संभाब्यता अध्ययन गरेर उत्पादन राम्रो हुने भएपछि कृषि क्षेत्रमा क्रान्ति नै हुने गरेर वडा नम्बर २ को नेपामा चियापत्तिको नर्सरी स्थापना गरिएको छ । नर्सरीमा ४५ हजार बिरुवा राखिएको छ । बिरुवा ठुलो भएपछि चियापत्ती उत्पादनको लागि उपयुुक्त हावापानी भएको वडाहरुमा बिरुवा सहुलियतमा वितरण गरिने छ ।
शिवालय गाउँपालिकालाई चियापतिको बृहत उत्पादन पकेट क्षेत्रको बिकास गरिने समेत प्रवक्ता खडकाले बताएका छन । कृषि शाखा प्रमुख विश्वामित्र शर्माको नेतृत्वमा कृषि क्षेत्रमा उत्पादनको लागि बिशेष योगदान गर्ने गरि लागि परेको प्रबक्ता खडकाको भनाइ छ । चियापतिको बृहत व्यावसायिक योजना बनाएको र सो कार्यान्वयनको लागि गाउँपालिका अध्यक्ष शाहीले जोड दिएको उनले बताए ।
जनताको जीवन स्तरमा रुपान्तरण ल्याउन र चुनावी प्रतिबद्धता अनुसारको कार्य गर्न संघ, प्रदेश सरकार संग समन्वय गर्दै स्थानीय सरकार प्रमुखको हैसियतले अध्यक्ष शाही सक्रियता पुर्वक लागेको बताइएको छ ।चियापत्ती खेतिले कृषकलाई पुर्ण आत्मनिर्भर बनाउने, कृषि प्राबिधिकहरु रोजगारी पाँउने, पालिकाको आम्दानीको प्रमुख श्रोत बन्ने प्रवक्ता खडकाले बताए ।
साथै चुनावी प्रतिबद्धता अनुसार स्वास्थ्य, शिक्षा, क्याम्पस, बिद्यालयहरुको भवनहरु पुर्वाधार विकास, खानेपानी सिचाइ लगायतका क्षेत्रमा जाजरकोट जिल्लामा शिवालय गाउँपालिकाले अगुवाई गरिरहेको समेत उनको भनाइ छ । प्रवक्ता खडकाले भने, ‘‘पालिका अध्यक्ष शेरबहादुर शाही ज्युको टिमको कार्यकाल भित्र उन्नत बिकास समृद्धि र विकसित शिवालय बनाइने प्रतिबद्धता पुर्ण रूपमा कार्यान्वयन हुने पालिकाबासी समुदायमा विनम्रता पुर्बक लालआवाज मार्फत सबैमा जानकारी गर्न चाहन्छु ।”
संभाब्यता अध्ययनको लागि संघीय सरकारबाट आएको ५ लाखमा चिया खेतीको लागि आवश्यक पर्ने हावापानी, माटो, उचाई जस्ता सबै संभावनाहरुको अध्ययन गरिएको र त्यसपछि ४५ हजार बिरुवा रहने नर्सरीको स्थापना गरिएको छ भने नर्सरी ब्यबस्थापनको लागि पालिकाले पनि ५ लाख रकम विनियोजन गरेको प्रबक्ता खडकाले बताए ।
हाम्रो पहुँच संवाददाता । २७ भाद्र २०८०, बुधबार