बागलुङको तमानखोला गाउँपालिकामा भोजभतेरमा दलित समुदायका लागि छुट्टै भान्सा बनाउन नपाइने

भोजभतेरमा दलित समुदायका लागि छुट्टै भान्सा बनाउन नपाइने
काठमाडौँ । बागलुङको तमानखोला गाउँपालिकाले भोजभतेरमा दलित समुदायका लागि छुट्टै भान्सा गरे कारबाही गर्ने भएको छ ।

धेरैजसो भोजभतेरमा जातीय छुवाछुत र विभेद गर्दै दलित समुदायका लागि बेग्लै भान्छाको व्यवस्था गर्ने गरिएकाले विभेद अन्त्य गर्न अब भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

गाउँपालिकाले जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुन र नागरिकलाई पनि सामाजिक रूपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न आग्रह गरेको छ ।

अध्यक्ष बुढामगरका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्य रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह र सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया