रुकुम पूर्व । १२ वर्षको हूँदा जन्मे हुर्केको ठाउँ छोडेर आरनको काम गर्न झुम्लावाङ आएका बाजे उनीहरुसैंग छैनन् । तर, बाजेले शुरु गरेको आरन अहिले नातीहरुले चलाइरहेका छन् । भूमे गाउँपालिका वडा नं. ३ झूम्लाबाङका मनिराम विक, मनभक्त विक र तपबहादुर विक एउटै वाजेका नातीहरु हुन् । जसले अहिले पनि वाजेले शुरु गरेको आरन छोड्न सकेका छैनन् । सय वर्ष भन्दा पहिले बाजे पुर्खाहरुले शुरु गरेको पुख्र्यौली आरन व्यवसाय नाती पुस्तासम्म आउँंदा अस्तित्व संकटमा परेको छ । परम्परागत खलो प्रथामै आरन चलाउन पर्ने र जति दुःख गरे पनि आम्दानी निकै कम हुने भएपछि पछिल्लो पुस्ता आरन व्यवसाय छोडेर अरु नै काम गर्न थालेका छन् । भूमे गाउँपालिका वड़ा नं.३ झुम्लावाङका मनभक्त विक दैनिक सानो छाप्रोले बारेको आरनमा फलाम पिटिरहेको अवस्थामा भेटिन्छन् । अनुहार भरी कालोमोसो, एउटा हातमा घन र अर्काे हातमा सनासोले आरनवाट निकालेको रातो फलाम पिटेर विभिन्न आकार दिन् ।
उनको दिनचर्या नै बनेको छ । मनभक्त विहान झिसमिसेमैं आरनमा पुगेर कुटो, कोदालो, बन्चरो, हसिया, खुकुरीजस्ता औजार बनाउँछन् । बाजे पुर्खाले शुरु गरेको यही पेशाले आफ्नो जीवन पनि वित्न लागेको उनलाई पत्तो छैन् । मनभक्त जस्तै उनकै भाइ मनिलालको दिनचर्या पनि उस्तै छ । बाजे मने कामीले फलाम खानी भएको झूम्लाबाङ जन्मथलो राड्सी गाउँ छोडेर आएको सय वर्षभन्दा वढ़ी भइसकेको मनिलाल विक बताउँछन् । आफूलाई बाजेले सुनाएको कुरा सुनाउँदै मनिलाल विक भन्नहन्छ, “हाम्रा बाजेहरुका ४ भाइ थिए रे ।
चार भाईमध्ये जेठा बाजे सिस्ने गाउँपालिका १ नम्बर वडा ठूलो सिस्ने गएछन् । माइला पुथा उत्तरगंगा गाउँपालिका पत्ममी र साइला दाङ जिल्लाको गिठेपानी गएका थिए रे । हाम्रा बाजे कान्छा रहेछन् । उनी भूमे गाउँपालिका वड़ा नम्बर ३ झुम्लावाङमा आएछन् । म सानो हुदाँ वाजेले मलाई सुनाउन् भएको हो ।” बाजेको पालादेखि झूम्लाबाङमा सुरु भएको आरन व्यवसाय अहिलेसम्म जसोतसो चलाउँदै आएको मनिलालले बचाए ।
उनले थपे “उ बेला बाजेले खलो उठाएर काम गर्नुभयो । अहिले हामीले दुःख खेप्नुपरेको छ । वाजेले गरेको आरन व्यवसाय अहिलेको संकटमा परेको छ । मनभक्त र मनिलाल जस्तै तपराम विक पनि त्यही आरनमै फलाम पिट्दै जीविका चलाईरहेका छन् । उनले भने, “बाजेले त गाउँभरिको माल सामान मात्र बनाउन हन्थ्यो रे। मैले बाबाको मुखवाट सुनेको हूँ । बाबाले बनाएको खुकुरी फ्रान्ससम्म विक्री गर्नुभएको थियो रे । बाबाको जस्तो हामी दाजुभाईमा सीप क्षमता छेन। “उसो त बाजे पुर्खाको पेशा व्यवसायमा २४ वर्षीय हिमाल विक पनि जोडिएका छन् । उनी भन्छन, “म ४ वर्ष मलेसिया बसेर आएँ पुख्र्याैली आरन व्यवसायमा अहिलेका युवाले चासो नदिदा संकटमा पर्दै गएको छ । जिजु बाजेले शुरु गरेको र बाले पुरानै तरिकाले परम्परागत पेशा धानिराखू भएको छ । यसलाई स्रोत साधनसहित आधूनिक र व्यावसायिक रुपमा सञ्ञालन गर्ने हो भने राम्रो बन्न सकिन्छ ।”
पहिलेभन्दा फरक किसिमले काम गर्ने नयाँ सीप र साधनसहित व्यावसायिक रुप दिएर काम गरे गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने हिमालको भनाई छ । अहिले पनि फलामको भाँडाकुंडा वनाउन पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न गाउँठाउँवाट मानिस कुटो, कोदालो, कोदाली, हँसिया र खुकरी बनाउन आउने गरेको उनको भनाई छ ।
“फलामका औजार बनाउन २ दिन हिडेर पुथा उत्तरगंगा बाट यतै बास वस्ने गरी मानिस आउँछन्, हिमाल भन्छन्, “हामीलाई फलामका औजार बनाउने परम्परागत साधनहरू मात्रै छन् । सीप पुरानो छ । त्यसले गर्दा श्रम र समय धेरें खर्च गर्दा पनि काम थोरै हुन्छ । हामीलाई ग्राहकले माग गरेका सामान बनाउन गाहो हुन्छ ।“जिजु वाजेको पालादेखि खलो प्रथामा काम गरेको भन्दै हिमालले अहिले पनि त्यही प्रथाले काम गर्न निके गाहो भएको बताए ।
“अहिलेको अवस्थामा आरन व्यवसायका लागि चाहिने गोल बनाउन साउन भदौ पानीले गर्दा र फाल्गुनदेखि वैशाखसम्म कहिले पानी र कहिले सुख्खा समयमा हावाहरीले वन जल्छ कि भन्ने डर हुन्छ । वनमा सुकेको दाउरा पाइदैन उनी भन्छन, “पुखदिखि नै हामीले गर्दे आएको आरन व्यवसायको सीप कला अरू जातीमा हूंदैन। मैले पनि साने उमेरदेखि बाउ बाजेले गरेको काम सिकेको हो। पुख्यौली पेसा सिकेर खेर जदिन, कसैले पनि खोसेर लग्दैन गर्न सके यो पेसावाट पनि विदेशमा जस्ते कमाउन सकिन्छ तर आफुभन्दा साना भाइहरुले चासो राख्दैन । मलाई यही पेसाले जीवन चलाउँछु भन्ने लागेको छ ।”
तर खलो प्रथामा काम गर्दा साहले जहिले पनि ६ महिनाको अवधिमा दश– एघार पाथी अन्न दिने गरेको र वर्षभरि माल सामान बनाई दिएर आफ्नो काम गरेको परिश्रम माग्दा निके कचकच गर्ने र भनेको जस्तो बाली नदिदा आफूलाई साह्रै नरमाइलो लाग्ने उनको भनाई छ । आरन व्यवसाय निकै झन्झटिलो हने, एउटै सामान वनाउन धेरे समय लाग्ने तर दुःख गरेजति पैसा पाउन गाहो हुने २६ वर्षीय टेकबहाद्र विकले बताए ।
उनी भन्छन्, “आर्थिक अवस्था कमजोर भएको कारण वाल्यकालदेखि नै पुख्र्यौली आरन पेशा गर्दै आइयो । हातमा ठेला उठ्ने त सामान्य हो, फलाम पिट्दा शरिरभरि पोलेर हैरान बनाउँछ । “खल्खली पसिना बगाएर गरिने यो पेसावाट जीविकोपार्जन गर्न मुस्किल परेको अधिकांश दलित समदायको गनासो छ । अन्य पेशाजस्तै आरन व्यवसायलाई पनि स्थानीय सरकारले केही अनुदान, प्रोत्साहन र सहयोग गरिदिए उनीहरुको जीवनमा केही सुधार आउने थियो कि ?
बालाराम शेर्पाली । २४ भाद्र २०८०, आईतवार