जाजरकोट दरवार संग्राहलय र वुदवुदीको जंगललाइ संरक्षित क्षेत्र वनाउन पहल गर्ने समन्वय वैठकको निर्णय

May be an image of 6 people and text

जाजरकोट । जाजरकोट दरवारलाइ ऐतिहासिक संग्राहलय वनाउन जिल्लाका तर्फवाट पहल गर्ने जिल्ला स्थित सरोकारवालाहरुको वैठकले निर्णय गरेको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले शुक्रवार सदरमुकाम खलंगामा आयोजना गरेको सरोकारवालाहरुको विशेष समन्वय वैठकले दुइ सय पचास वर्ष पुरानो जाजरकोट दरवारमा संग्राहलय स्थापना गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको प्रमुख आतिथ्यता र जिल्ला स्थित सुरक्षा निकाय, राजनैतिक दल, पत्रकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको उक्त वैठकले जिल्लाको मात्रै नभएर समग्र कर्णालीकै निकै महत्वपुर्ण ऐतिहासिक सम्पदाको रुपमा रहेको दरवारलाइ आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यस्तो निर्णय गरेको वैठकको आयोजक सँस्था जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।

उनले विभिन्न तीन वटा एजेन्डा राखेर आयोजना गरिएको वैठकले पुर्ण रुपमा जाजरकोट दरवार संग्राहलयको स्थापनाका लागि सरकारसंग अनुरोध गर्ने र सो कार्य नहुन्जेल सम्म प्रतिष्ठानको व्यवस्थापन र अगुवाइमा रातो दरवार भित्र प्रारिम्भक जाजरकोट दरवार संग्राहलय सन्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
यस्तै वैठकले सदरमुकाम खलंगामा खानेपानीको आपुर्तिका लागि एक मात्र श्रोत रहेको तथा जिल्लाको इतिहाससंग समेत जोडिएको वुदवुदीको जंगल क्षेत्रलाइ संरक्षित क्षेत्र वनाएर यसको संरक्षणको पहल लिन सरकार तथा अन्य निकायहरुसंग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

सम्पदा संरक्षणका लागि जिल्लामा पहिलो पटक आयोजित उक्त वैठकले जिल्लाका अन्य महत्वपुर्ण सम्पदाहरुको जगेर्नाका लागि आफनो आफनो क्षेत्रवाट सरकारी तथा गैरसरकारी पहलहरु लिएर आर्थिक पर्यटनको विकासका कार्यहरु अघि वढाउने निर्णय पनि गरेको छ । वैठकमा वोल्दै कर्णाली प्रदेह सरकारका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोट दरवारलाइ संग्राहलय वनाउन प्रदेश सरकारले सक्रिय भुमिका निर्वाह गर्ने वताए ।

May be an image of 2 people, dais and temple

उनले जाजरकोट दरवार क्षेत्र जिल्लाको मात्र नभइ कर्णालीकै महत्वपुर्ण ऐतिहासिक सम्पदा भएकोले संग्राहलय वनाउन प्रतिष्ठानले अघि वढाएको कदमलाइ पुर्ण समर्थन गर्दै सरकारका तर्फवाट अगाढिका कार्यहरु गर्न प्रदेश सरकार तयार रहेको वताए । कर्णाली प्रदेश सरकारले आफनै निर्णय गरेर या संघ सरकारसंग समन्वय गरेर जाजरकोट दरवार संग्राहलय वनाउन पुर्णताका साथ आफु लागि पर्ने मन्त्री सिंहले वताए ।

यस्तै वैठकमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीले जाजरकोट दरवार संग्राहलयको लागि आफुहरुको तर्फवाट सक्दो सहयोग हुने वताए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जाजरकोट दरवार संग्राहलय स्थापना र वुदवुदीको जंगल संरक्षणको लागि वैठकले गरेका निर्णय कार्यान्वयनमा स्थानीय प्रशासनको तर्फवाट आफुहरुले सक्दो सहयोग गर्ने वताए ।

यस्तै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जिल्लाको पहिचानको लागि जाजरकोट दरवार वनाउने कुरा निकै सान्दर्भिक र आवस्यक रहेकोले यसका लागि कुशे गाउँपालिकाको तर्फवाट सवै प्रकारको सहयोग र भुमिका रहने वताए ।

वैठकमा नेपाली काँग्रेस जाजरकोटका कार्यवहाक सभापति खडकवहादुर वुढाले जिल्लामा सम्पदा संरक्षण र दरवार संग्राहलय वनाउनका लागि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको अभियानलाइ सवैले सार्थकता दिन लाग्नु पर्ने वताए ।
उनले जिल्लाको पहिचानको रुपमा जाजरकोट दरवारलाइ संग्राहलय वनाउन संघ र प्रदेश सरकारले भुमिका खेल्नु पर्ने वताए ।

यस्तै नेकपा एमाले जाजरकोटका अध्यक्ष खीमवहादुर शाहीले जाजरकोटी जनताका महत्वपुर्ण सम्पदाको रुपमा रहेको जाजरकोट दरवार र वुदवुदीको जंगल क्षेत्रको उचित संरक्षण गर्न ढिला गर्न नहुने वताए । उनले प्रतिष्ठानले लिएको अग्रसरतामा अव सवै जिल्लावासी र सरकारहरुले आफना तर्फवाट पनि सक्रिय पहल लिनु पर्ने वताए ।
यस्तै माओवादी केन्द्रका लोकेन्द्र रोकायले पनि जिल्लाका सम्पदाहरु जोगाउने काम सरकारहरुको भएकोले यस तर्फ सवैले सोच्नु पर्ने वेला आएको वताए । उनले समन्व्य वैठकले गरेका निर्णयहरु सवैले इमान्दारीतापुर्वक कार्यान्वयन गर्नु पर्ने वताए ।

May be an image of 2 people and dais

राप्रपा जाजरकोटका अध्यक्ष कृष्णविक्रम शाहले जिल्लाको पहिचान र इतिहाससंग जोडिएको जाजरकोट दरवारलाइ संग्राहलय वनाउने र वुदवुदीको जंगलक्षेत्रलाइ जोगाउन प्रतिष्ष्ठाले गरेको पहल निकै सराहनीय रहेको वताए । उनले अव यो कार्यलाइ निष्कर्षमा पुराउन जिल्ला स्थित सवै सरोकारवाला र सरकारहरुले अग्रसरता लिनु पर्ने वताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष दलवहादुर खत्रीले जाजरकोट दरवार संग्राहलय वनाउने अभियानमा आफुहरुको पुरा साथ रहने वताए । वैठकमा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्मा, नागरिक अगुवा राजेन्द्रविक्रम शाह, डिभीजन वन कार्यालयका प्रमुख राधा कृष्णदास, सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञस्वर खत्री,दलित नेतृ हजारी नेपाली, भेरी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्य लगाएतका सहभागिहरुले जाजरकोट दरवार संग्राहलय वनाउने र वुदवुदीको जंगल जोगाउने विषयलाइ जिल्लावासीले गम्भीर रुपम लिनु पर्ने धारणा राखेका थिए ।

उनीहरुले अव सवै तहका सरकारहरु र जनप्रतिनधिहरुले यस वारे सक्रियता देखाउन पनि आग्रह गरे । यस्तै वैठकमा नआएपनि राष्ट्रिय सभाका सदस्यहरु भैरव सुन्दर श्रेष्ठ र माया प्रसाद शर्माले प्रतिष्ठानले लिएको अग्रसरतामा आफुहरुको पुरा साथ रहेको र जाजरकोट दरवारलाइ संग्राहलय वनाउने र वुदवुदीको जंगल संरक्षणका लागि आफुहरुले सक्दो भुमिका निर्वाह गर्ने सन्देश वैठकमा पठाएका थिए ।

वैठकको सुरुमा आयोजक सँस्था जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्षले जनक केसीले विभिन्न तीन वटा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने त्यसको लगत्तै उनले जाजरकोट दरवार संग्राहलय सम्वन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष केसीले प्रस्तुत गरेका एजेन्डा र दरवारसंग्राहलय सम्वन्धी अवधारणामा सहभागिहरुले आफना तर्फवाट राय सुझाव र धारणा राखेपनि वैठले विभिन्न तीन वटा निर्णयहरु सर्व सम्मतिले पारित गरेको प्रतिष्ठानका सहसचिव राजुराजा सिंहले जानकारी दिए ।

वैठकमा सहभागि भएका सवै र नभएका विभिन्न व्यक्तिहरुले शुक्रवारको विशेष समन्वय वैठकले गरेका निर्णयहरु कार्यन्वयनमा आफुहरुको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको सहसचिव सिंहले वताए । वैठकमा जिल्लाका सवै क्षेत्रका ७० जना भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया