भदौ २८ गते खलंगाको ठाँटीवजारमा ‘मेरा वा’ शिर्षकमा खुला कविता प्रतियोगिता हुदै

खलंगा ।  यस वर्षको कुशे औंसी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा जाजरकोट खलंगामा खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा भदौ २८ गते खलंगाको ठाँटीवजारमा मेरा वा शिर्षकमा खुला कविता प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

शनिवार खलंगामा वसेको प्रतिष्ठानले वैठकले उक्त कविता वाचन प्रतियोगिता गर्ने निर्णय गरेको हो । वुवाको मुख हेर्ने दिनमा हाम्रो जीवनमा वुवाको योगदान र महिमा कवितावाट व्यक्त गर्न र समस्त वुवाहरु प्रति सम्मान भाव प्रकट गर्न प्रतिष्ठानले उक्त कविता प्रतियोगिता आयोजना गरेको वताइएको छ ।

हरेक व्यक्तिको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनको निर्माण र उन्नतिको लागि जन्मदाता वुवाले पुरयाएको योगदानको कदर गर्दै सोको महिमा गाउने अवसर प्रदान गर्न आफुहरुले प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । उनले हामी सधैं अरुको वारे साहित्यीक रचना सुनाउने कार्यक्रम गर्छाै तर जन्मतादाताको योगदान र महिमावारे तोकेरै रचना वाचन हुदैनन् त्यसैले यो पटक प्रतिष्ठानले यस्तो कार्यक्रम आयोजना गरेको अध्यक्ष केसीले वताए ।

हाम्रो जीवनमा सवै भन्दा भरोसा युक्त साथी र सल्लाहकारको रुपमा रहने वुवा प्रति उच्च श्रद्धा र सम्मान व्यक्त गर्न यो कार्यक्रम हामीले आयोजना गरेका हौं केसीले भने । उनका अनुसार मेरा वा शिर्षकको कविता प्रतियोगितामा प्रथम हुनेलाइ ३ हजार ५ सय , द्धितीय हुनेलाइ २ हजार ५ सय , तृतीय हुनेलाइ १ हजार ५ सय तथा सान्त्वना हुनेलाइ एक हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता भदौ २८ गते विहिवार दिनको १ वजे ठाँटीवजार स्थित वरको चौतारीमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनेहरुले अच्युतप्रसाद शर्मा, अमरवहादुर रोकाय र अमरवहादुर शाहसंग सम्पर्क राख्न सक्ने छन् । यस्तै उक्त प्रतियोगितामा भाग लिए पनि नलिएपनि वुवाको महिमा कविता मार्फत गाउने कार्यकम्रमा सवैको उपस्थितिको लागि सवैलाइ आयोजकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया