जाजरकाेट । परिभाषा र सुचना विना शिक्षा लिन र दिन गा¥हो हुन्छ । शैक्षिक योजनाले राखेका उद्देश्यहरु विधार्थीले हासिल गर्न नसक्नुलाई शिक्षाको गुणस्तर मानिदैन् । गुणस्तरीय शिक्षा हासिल तथा प्रदान गर्न विद्यार्थीको बसाई व्यवस्थापन अनिवार्य हुनु आवश्यक मानिन्छ । तर जिल्लाको पुरानो विद्यालय शिव शंकर माद्यामिक विद्यालय भेरी न पा ११ जगतिपुरले विद्यार्थी संख्या अनुसार भौतिक संरचनाको अभावमा पठनपाठनमा ठुलो समस्या रहेको प्राचार्य सनत प्रसाद शर्माले बताएका छन् । उनका अनुसार कक्षा ४ देखि कक्षा १२ सम्मको अवस्था यस्तै छ । विद्यार्थीको बसाईमा ठुलो समस्या छ ।
कक्षा नौ मात्र १०१ जना विद्यार्थी छन् । बढीमा ४५ जना अट्ने कक्षा कोठामा ८० जना सम्म विद्यार्थी राखेर पठनपाठन गर्दा सबै विद्यार्थी ध्यानाकर्षण गरी शिक्षण कार्य गर्न शिक्षकहरूलाई हम्मेहम्मे भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर नेपालीले बताए । हाल विद्यालयमा विद्यार्थी उपस्थित दर दिन प्रतिदिन वढ्दै गएको निकट भविष्यमा विद्यार्थीलाई खुल्ला आकाश मुनि पढाउनुपर्ने सम्भावना धेरै टाढा नरहेको तथा हाल सबै विधार्थी उपस्थित नहोस् भन्ने सम्मको स्थिति विद्यालय पुगेको प्र अ शर्मा दुःखेसो पोखे ।
सबै विद्यार्थी आए के गर्ने भन्ने चिन्ताले सताईरहेको शर्माले बताए । कक्षा ४ देखि कक्षा १२ सम्मको अवस्था यस्तै छ । यस्तो अवस्थामा कसरी शिक्षण प्रभावकारी भै शैक्षिक उपलब्धी हासिल होला खै ? यो समस्या निराकरणका लागि सरोकारवाला निकायले वर्ग विभाजन गरि पठनपाठनको व्यवस्था मिलाउन कक्षाकोठा र थप शिक्षक व्यवस्था गर्न तिर ध्यान पुर्याउनु सरोकारवाला सबै अनुरोध गरे ।
जाजरकोट जिल्ला लाई खुल्ला दिसामुक्त जिल्ला घोषना गरे पनि विद्यालय स्तरमा यसको प्रभाव देखिदैन जसको उदाहरण शिव शंकर मा वि हो । जुन समस्याको कारणले गर्दा विद्यार्थीको आवश्यकता अनुसार शौचालय नहुनु हो जसको फलस्वरूप विद्यार्थीले खुल्ला क्षेत्रमा दिसापिसाव गर्न बाध्य छन् । वातावरणमा प्रत्यक्ष असर पारेको छ । साथै भेरी नगरपालिका स्तरमा खेलकुद क्षेत्रमा अब्बल रहेको उक्त विद्यालयमा प्रयाप्त खेलमैदान नहुदा विद्यार्थीहरु अतिरिक्त क्रियाकलापबाट बञ्चित रहेको प्र अ शर्माले बताए ।
सन्देश आचार्य । ९ भाद्र २०८०, शनिबार