सुर्खेत : कर्णाली प्रदेशमा ६ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्।
उनले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको समेत बताए।
विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेटमार्फत समेत उज्यालो पुर्याउने काममा मन्त्रालय जुटेको समेत बताए। २ वर्षभित्र कर्णालीका सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने समेत बताए।
२ वर्षभित्र कर्णालीभरि विद्युतीकरणको काम पूरा गर्ने समेत दाबी गरे। पार्टीलाई श्रम र उत्पादनमा जोडका लागि सबै एकजुट भएर लाग्ने बताए। यो एक प्रकारको आन्दोलनसमेत भएको बताए।
हाम्रो पहुँच संवाददाता । ४ भाद्र २०८०, सोमबार