बारेकोटले बनायो एकै बर्षमा ५२६ घरमा खानेपानीका धारा, सबै घरमा पु¥याउने लक्ष्य

गाउँपालिकामा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र बारेकोट गाउँपालिकाको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक तथा प्राविद्यिक सहयोगमा ४०६ घरमा पिउने पानीको धारा पुगेको हो । एक करोड ४७ लाख ८१ हजार रुपैयाँ हेल्भेटास नेपाल र गाउँपालिकाको ५६ लाख २२ हजार रुपैयाँमा ४०६ घरमा शुद्ध पिउने पानी पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।


जाजरकोट । बारेकोट गाउँपालिकाले एक घर, एक धारा पु¥याउने लक्ष्य अनुसार ५२६ घरधुरीमा सफा पिउने पानी पुगेको छ ।

गाउँपालिकामा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र बारेकोट गाउँपालिकाको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक तथा प्राविद्यिक सहयोगमा ४०६ घरमा पिउने पानीको धारा पुगेको हो । एक करोड ४७ लाख ८१ हजार रुपैयाँ हेल्भेटास नेपाल र गाउँपालिकाको ५६ लाख २२ हजार रुपैयाँमा ४०६ घरमा शुद्ध पिउने पानी पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

वडा नम्बर १ को बयाला, सिर्पाचौर, सिमपाल्त, वडा नम्बर २ को लिम्सा, वडा नम्बर ३ को बुढागाउँ खानेपानी, वडा नम्बर ५ को गैरागाउँ खानेपानी, वडा नम्बर ९ को खारी खानेपानीबाट ४०६ घरधुरीमा शुद्ध पिउने पानी प्रत्येक घरमा पुगेको अध्यक्ष गिरिले जानकारी दिए । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र पालिकाको सहकार्यमा थप १२० घरधुरीमा पिउने पानीको धारा निर्माण भएको अध्यक्ष बीरबहादुर गिरीले बताए ।

त्यस्तै, नेपाल जलवायु परिवर्तन कार्यक्रमको ७० लाख र गाउँपालिकाको १० लाखमा रुपैयाँको संयुक्त लगानीमा १२० घरमा पिउने पानीको धारा पुगेको अध्यक्ष गिरीले जानकारी दिए । वर्षौंदेखि खानेपानी अभावमा समस्या भोग्दै आएका यहाँका सर्वसाधारण घरको आँगनमै धारामा पानी आउने भएपछि खुसी भएको बारेकोट–२ का पदम रोकायले बताए ।

खुल्ला खोलाको पानी पिउँदै आएका यहाँका सर्वसाधारणलाई शुद्ध र सफा पानी घरमै पाउने भएपछि आफूहरू खुसी भएको तलिआग्रका रामबहादुर गिरीले बताए । विकास साझेदार निकायको सक्रियतामा पाँच वर्षभित्र पूरै गाउँपालिकाभरि स्वच्छ सफा पानी घर घरमा पुग्ने लक्ष्यलाई सार्थक बनाउने अध्यक्ष गिरीले बताए । गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पु¥याउनका लागि आफूहरू लागिपरेको अध्यक्ष गिरीले बताए ।

खानेपानीका योजनाको दीर्घकालीन उपयोगिताका लागि हरेक योजनामा मर्मत सम्भार कोष स्थापना गर्ने अभियान सुरु भएको छ । एक घर, एक धारा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि पालिकास्तरमा खानेपानी सरसफाइ स्वच्छता तथा मर्मत सम्भार समिति परिचालन गरिने पालिकाको योजना छ । सबै सार्वजनिक क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको छ ।

पानीको जीवन उपभोगितालाई सिद्ध गर्न साझेदार संघसंस्थाको पहलमा जलउपयोग गुरु योजनाअनुसार नै बाँकी खानेपानीका काम अगाडि बढाउने पालिकाको नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको अध्यक्ष गिरीले बताए । जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोत अभाव, जलवायु परिवर्तन लगायत कारणले सीमित पानीको स्रोतले मानिसको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गरिरहेको अध्यक्ष गिरीले बताए ।

धेरै कामका लागि उपयोग गर्न सकिने पानीलाई आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरेर कहाँको पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजान सकेमा पानीको सही सदुपयोग हुने मात्र होइन, पानीसँग सम्बन्धित विवाद उत्पन्न हुने सम्भावना पनि कम गराउँछ भन्ने उद्देश्यका साथ योजना निर्माण गरिरहेको अध्यक्ष गिरीले बताए ।

जल उपयोग गुरुयोजना भनेको जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिका नेतृत्वमा गाउँपालिकाभित्र भएका र प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गरिन्छ ।

ती पानीका मूलहरू अहिले के प्रयोजनका लागि प्रयोग भइरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ? यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिने भएकाले बारेकोट गाउँपालिकाभित्र यसको सबै अध्ययन भएको अध्यक्ष गिरीले बताए ।

स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढंगले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य छ । पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुने गर्दछ । जल उपयोग गुरुयोजना तयार भएपछि गाउँपालिको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने गर्दछ ।

काराेबार दैनिक बाट साभार

तपाईको प्रतिक्रिया