माओवादीले कर्णाली प्रदेशमा कार्य विभाजन टुंग्यायो, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

May be an image of 12 people, dais and text
काठमाडौं । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ ।

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् ।

यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।

साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ ।

https://drive.google.com/file/d/1RlLLmsWrkumSWLkou8kkkUF6ThR1mgFN/view

तपाईको प्रतिक्रिया