महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

 महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई 

काठमाडौँ । महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको फाइनलमा इङ्गल्यान्डलाई १–० ले हराएर स्पेनले उपाधि उचालेको हो । खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक भयो।

स्पेनले महिला विश्वकप फुटबलको उपाधि पहिलो पटक जितेको हो दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् । सेमिफाइनलमा इङ्गल्यान्ड घरेलु टोली अस्ट्रेलियालाई र स्पेनले स्विडेनलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया