एक करोड बढी मालपोतमा राजस्व संकलन

No description available.
जाजरकोट । जिल्ला मालपोत कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७९।०८० मा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ । मालपोतले एक वर्षको अवधिमा १ करोड ३६ लाख ६७ हजार ७ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

मालपोतले जग्गा रजिष्ट्रेशनमा मात्रै एक वर्षको अवधिमा ९७ लाख ३४ हजार १६० रुपैयाँ राजस्व उठाएको छ । मालपोतले आव २०७९।०८० मा पुँजीगत लाभकरमार्फत ३४ लाख ९८ हजार ६०९ रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्ली बहादुर केसीले जानकारी दिए ।
मालपोतले रोक्का दस्तुरबाट ३० हजार ६०० सय रुपैयाँ, सेवा शुल्क अन्य प्रशासनिक दस्तुरमार्फत ३ लाख ३० हजार १०० रुपैयाँ राजस्व संकलन भएको प्रमुख केसीले बताए ।

मालपोतले विभिन्न शीर्षकमा साउनमा ७ लाख ८० हजार ८८३ रुपैयाँ, भदौमा ११ लाख १९ हजार ९५१ रुपैयाँ‚ असोजमा ५ लाख ६४ हजार ४१७ रुपैयाँ, कात्तिकमा १० लाख ४७ हजार ३३१ रुपैयाँ र मंसिरमा १४ लाख ७४ हजार ८७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

मालपोतले पुस महिनामा १३ लाख २३ हजार ५०८ रुपैयाँ, माघमा ८ लाख ८३ हजार १५ रुपैयाँ‚ फागुनमा १४ लाख ४१ हजार ९७० रुपैयाँ, चैतमा १५ लाख ८ हजार ४०१ रुपैयाँ, वैशाखमा ९ लाख ३७ हजार ९६ रुपैयाँ, जेठमा १३ लाख १४ हजार १९० रुपैयाँ र असारमा १२ लाख ७२ हजार ९१८ रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ ।

जाजरकोटमा जग्गाको कित्ताकाट नखुल्दा स्थानीय सरकारले समयमै भू–उपयोग नियमावली समयमै ल्याउन नसक्दा राजस्वको लक्ष्य प्राप्ति गर्न नसकेको प्रमुख केसीले बताए ।

तपाईको प्रतिक्रिया