अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा जाजरकोटमा किशोरी संवाद र वक्तृत्वकला प्रतियोगिता हुने

No description available.
जाजरकोट । आगामी साउन २७ गते मनाईने अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा जाजरकोटमा किशोरी संवाद र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ ।

नागरिक समाज जाजरकोटको मुख्य आयोजनामा जिल्लामा सञ्चालित विभिन्न सरकारी तथा गैर –सरकारी संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय यूवा दिवस मनाउने निर्णय गरिएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले जानकारी दिए ।

शाहका अनुसार, साउन २६ गते भेरी नगरपालिका –०१ रिम्नामा रहेको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा किशोरी र यूवा संवाद कार्यक्रम गर्ने निर्णय गरिएको छ । पछिल्लो समय किशोरीहरुमा महिनावारी भएको वेला विद्यालय छुट्नु, विद्यालयहरु किशोरीमैत्री नहुनु, सरोकारवाला निकायहरुको कम ध्यान जानु लगायतका समस्या समाधानका लागि किशोरी तथा युवा र सरोकारवाला निकायहरु बीच अन्तर संवाद गर्ने संयोजक शाहले बताए ।

यस्तै, ‘स्थानीय शासन प्रक्रियामा यूवा सहभागिता’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साउन २७ गते भेरी नगरपालिकाको सभाहलमा वक्तृत्वकला कार्यक्रम सञ्चालन हुने जनाईएको छ । वक्तृत्वकला प्रतियोगितामा पाँच हजार प्रथम पुरस्कार, ३ हजार दृतिय पुरस्कार र दुई हजार तृतिय पुरस्कार रहेको छ । अन्तर्राष्ट्रिय यूवा दिवसलाई सफलता पूर्वक मनाउन सहयोग गर्न विभिन्न निकायहरु संग सहयोगको अपिल समेत संयोजक शाहले गरेका छन् ।

तपाईको प्रतिक्रिया