गाउँपालिकाद्धारा समाचारको खण्डन : ‘अध्यक्ष र उपाध्यक्षको नाम जोडेर भ्रम फैलाईयो’

आज ( सोमबार) एक प्रेस विज्ञप्ती जारी गर्दै जाजरकोटमा बालिका बलात्कृत शीर्षकको समाचारमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जोडेर भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।

जाजरकाेट ।  जिल्लाको कुशे गाउँपालिकाले समाचारको खण्डन गरेको छ । श्रावण १४ गते हाम्रो पहुँच डटकम सहित विभिन्न मिडियामा प्रकाशित समाचार प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जोडेर भ्रम फैलाईएको बताईएको छ ।

आज ( सोमबार) एक प्रेस विज्ञप्ती जारी गर्दै जाजरकोटमा बालिका बलात्कृत शीर्षकको समाचारमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जोडेर भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानआकर्षण भएको जनाएको हो । समाचारमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले घटना मिलाउन लागि परेको भन्ने आरोप निराधार र कपोकल्पित भई चरित्र हत्या गर्ने अभिप्राय देखिएको विज्ञप्तीमा भनिएको छ । समाचार लेख्ने पत्रकारहरुलाई आरोप पुष्टी गर्न चुनौती समेत दिईएको छ ।

विज्ञप्तीमा भनिएको छ, मिति २०८० श्रावण १४ गतेको कान्तिपुर अनलाइन संस्करणमा जाजरकोटमा बालिका बलात्कृत शीर्षकको समाचारमा कुशे गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जोडिएर भ्रामक समाचार सम्प्रेषण भएको खबर प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले घटना मिलाउन लागि परेको भन्ने आरोप लगाइएकोले उक्त आरोप निराधार र कपोलकल्पित भई हामीलाई चरित्रहत्या गर्ने अभिप्राय देखिएकोले यस घटना प्रति खण्डन गर्न चाहान्छौं ।

साथै समाचार लेख्नेहरुलाई आरोप पुष्टी गर्न चुनौती दिन चाहान्छौं र यस्ता चरित्र हत्या गर्ने भ्रामक समाचार सम्प्रेषण गरी पित पत्रकारिता नगर्न र सत्य तथ्य समाचार सम्प्रेषण गरी राष्ट्रको चौथो अंगको गरिमा बढ्ने काम गर्न आग्रह गर्दछौं ।
हम्रो कुशे गाउँपालिका बालविवाह न्यूनिकरण, घरेलु हिंसा, बलात्कारका विरुद्दमा लागेर विभिन्न न्युनीकरणका प्रयासहरु भईरहेका छन् । त्यस्तै मदिरा निषेधित क्षेत्र घोषणा समेत भएकोले विभिन्न न्युनिकरणका प्रयासहरु भईरहेको पालिका हो । हामी आफै अभियानमा हिडेको अवस्थामा हामीलाई चरित्र हत्या हुने गरी आरोप लगाएर समाचार प्रकाशित भएकोमा यस विज्ञप्ती मार्फत खण्डन गर्दछौैं ।

हामी उक्त समयमा कामको सिलसिलामा जिल्ला बाहिर भएको अवस्थामा घटना बारे समाचार आएपछि मात्रै सामाजिक सञ्जाल मार्फत जानकारी भएकोले उक्त आरोपमा कुनै सत्यता नभएको जानकारी गराउँर्दछौं । साथै उक्त घटनाको सत्य तथ्य छानविन भईरहेको जानकारी पनि गराउर्दछौं । अन्त ः कान्तिपुर जस्तो मिडिया हाउस लगायत अन्य मिडियामा प्रकाशित उक्त समाचार तत्काल सच्याउन र यसरी राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्ने उद्देश्यले यस्ता खालका भ्रामक समाचार नलेख्न र प्रकाशन नगर्न अनुरोध गर्दछौं ।’ गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष देविका कुमारी सिंहद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती सार्वजनिक गरेको हो ।

No description available.

यस्ताे थियाे प्रकाशित समाचार 

कुशेमा बालिका बलात्कृत, मिलापत्रका लागि पीडितलाई चौतर्फी दवाव

 

तपाईको प्रतिक्रिया