जाजरकोट । कुशे गाउँपालिकाका एक वडाध्यक्षले आफ्नी छोरीको जन्मदिनमा ४ सय विरुवा रोपेका छन् । वडा नं ९ का वडाध्यक्ष शिवराज गिरीले छोरीको जन्मदिनको अवसर पारी ४ सय विरुवा रोपेका हुन् । छोरी शिवानी गिरीको जन्मदिनमा वडाभित्रका सडक छेउछाउ, सार्वजनिक स्थानमा वृक्षारोपण गरिएको अध्यक्ष गिरीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।
बकाईनो जातका विरुवाहरु रोपिएको समेत अध्यक्ष गिरीले बताए । वृहत जलाधार कार्यालय जाजरकोटले विरुवा उपलब्ध गराएको थियो । ढुवानी भने अध्यक्ष गिरीले व्यक्तिगत खर्च गरेका थिए । वडाध्यक्षको प्रशंसनीय कार्य भएको वडाबासीले बताउने गरेका छन् ।
पछिल्लो समय वन विनाश हुदै गएकोले खाली ठाउँमा विरुवा रोपिएको वडाध्यक्ष गिरीले बताए ।
हाम्रो पहुँच संवाददाता । १३ श्रावण २०८०, शनिबार