उपभोक्ताको आठ लाख पैसा लिएर अध्यक्ष सम्पर्कविहीन

जाजरकोटमा एक उपभोक्ताका समितिका अध्यक्षले बाख्रा खोर व्यवस्थापनको लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले दिएको बजेट निकालेर सम्पर्क विहीन भएका छन् । जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकरमा थालारैकर बाख्रा खोर व्यवस्थापन कार्यक्रमको लागि कार्यालयले दिएको ८ लाख ८१ हजार ९ सय ७७ रुपैयाँ निकालेर उपभोक्ता समितिका अध्यक्ष दीपक खत्री सम्पर्क विहीन भएका हुन् ।


सुर्खेत । जाजरकोटमा एक उपभोक्ताका समितिका अध्यक्षले बाख्रा खोर व्यवस्थापनको लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले दिएको बजेट निकालेर सम्पर्क विहीन भएका छन् । जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकरमा थालारैकर बाख्रा खोर व्यवस्थापन कार्यक्रमको लागि कार्यालयले दिएको ८ लाख ८१ हजार ९ सय ७७ रुपैयाँ निकालेर उपभोक्ता समितिका अध्यक्ष दीपक खत्री सम्पर्क विहीन भएका हुन् ।

गत असार २० गते रकम निकालेर खत्री हाल कसैको पनि सम्पर्कमा नभएको हुँदा उनी फरार भएको स्थानीयवासीले बताएका छन् । कार्यक्रमको सम्बन्धित वडाका नागरिकहरूले पाउनुपर्ने रकम निकासा लगत्तै समिति अध्यक्ष नै फरार भएपछि नागरिकहरू रकम पाउनबाट वञ्चित भएका छन् ।

खत्री फरार भएपछि सामाजिक सञ्जालमा उनलाई आरोप लगाउनेको लर्को लागेको छ । स्थानीयका अनुसार बाख्रा खोर व्यवस्थापनको लागि ४८ जना व्यक्तिलाई बाढ्नको लागि बैङ्कबाट रकम निकालेर उनी फरार भएका हुन् । यता, शिवालय गाउँपालिका–५ का वडा अध्यक्ष एवम् उपभोक्ता समितिका सचिव गोपाले दमाईका अनुसार समितिका अध्यक्ष खत्रीले रकम लिएर सम्पर्क विहीनभएपछि पैसा लिनेहरू वडा कार्यालयमा आएर दबाब दिन थालेका छन् ।

खत्रीले ८ लाख ८१ हजार ९ सय ७७ रुपैयाँ निकासा गरेको देखिएको छ । उनले जम्मा २ लाख ५० हजार रकम आफ्नो घरमा छोडेर बाँकी रकम लिएर सम्पर्कविहीन भएका छन् । पाउनुपर्ने ४८ जनामा उनले २४ जनाको लागि मात्रै पैसा निकासा भएको भनेर भारत गएको वडा अध्यक्ष दमाईले बताए । वडा अध्यक्ष दमाईकाअनुसार उनी भारत गएका छन् ।

उनले भने, ‘म बिरामी थिए, खत्रीले आफ्नो घरमा आएर खाली चेकमा हस्ताक्षर गर्न लगाए,’ खत्रीको भनाइलाई उद्धृत गर्दै उनले थपे, ‘म पैसा निकालेर आउँछु, पैसा कति आएको छ, कति जनालाई वितरण गर्ने हो केही थाहा छैन, तपाई हस्ताक्षर गर्दिनु, म निकालेर आउँछु, त्यसपछि सबै बसेर पैसा वितरण गरौँला।’ उनले भने, ’पैसा निकासा गरेपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो । हामीले सुनेको उहाँ भारत जानुभएको छ रे, हामी सम्पर्क गर्ने प्रयासमै छौँ ।’

यता, पशु अस्पताल तथा पशु सेवा कार्यालयका योजना शाखा प्रमुख तिलकबहादुर रानाले पनि कार्यालयबाट ४८ जनाको लागि ८ लाख ८१ हजार ९ सय ७७ रुपैयाँ पठाइएको जानकारी दिए । उनले पाउनुपर्ने ५२ जनामा ४ जनाले गोठ नबनाएको हुँदा ४८ जनाको लागि मात्रै पैसा पठाएको जानकारी दिए । बाख्रा खोर व्यवस्थापनका लागि प्रति व्यक्ति १८ हजार रुपैयाँका दरले वितरण गर्ने भनिएको थियो ।

खत्रीले घरमा छोडेको रकम हाल वडा अध्यक्षसँग रहेको छ । उनले अध्यक्ष खत्री नआएसम्म उक्त रकम नबाँड्ने दाबी गरेका छन् । उनले आर्थिक करोवारको हिसाब नमिलेको हुँदा उक्त रकम नबाछ्ने बताए। उनले आफूलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर पैसा निकासा गरेको बताए । एक स्थानीयका अनुसार वडा अध्यक्षकै मिलेमतोमा उनी भारत गएको बुझिएको छ ।

उनले भने, ‘वडा अध्यक्षले पनि बहाना बनाउनुभएको छ, उहाँले हस्ताक्षर गरेपछि कति पैसा निकासा भयो ? के भयो भन्ने थाहा नहुने हुन्छ ? उहाँ वडा अध्यक्ष मात्रै होइन उपभोक्ता समितिको सचिव समेत हुनुहुन्छ।’ २०७८ मा पशु सेवा कार्यालय जाजरकोटले शिवालय गाउँपालिका– ५ का ४८ जनालाई बाख्रा दिएको थियो । सोही बाख्राको लागि खोर निर्माण गर्न वडाले आग्रह गरेको थियो ।

वडाले आग्रह गर्दागर्दै पनि केहीले खोर नबनाएपछि २०७८÷०७९ मा उक्त बजेट फ्रिज गएको थियो । बजेट फ्रिज गएपछि गत आर्थिक वर्षको लागि पशु सेवा कार्यालयबाट पुनः बजेट विनियोजन गरिएको थियो । सोही बमोजिम उनले उक्त रकम निकालेर सम्पर्कविहीन भएका हुन् ।
खबरदृष्टिबाट साभार

तपाईको प्रतिक्रिया