डिभिजन वन कार्यालयद्धारा २१ लाख २ हजार राजस्व संकलन

जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले एक बर्षमा २१ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरेको हो ।

जममध्ये रातो च्याउ संकलन बाट २९ हजार २ सय ५० रुपैंया,मह बाट १ लाख ४४ हजार,पाषणवेद बाट २ लाख ८० हजार,बोजो बाट ५ हजार ५ सय, सुगन्धवाला बाट ५ हजार १ सय २५ रुपैंया, कालीकाटको दाना बाट ३८ हजार ७ सय ५० रुपैंया,टुकीफुल बाट २१ हजार २ सय ५० रुपैंया,सेतकचिनी बाट १ लाख ९२ हजार ५ सय, तितेपाती बाट ३९ हजार २ सय,धुपीपात ७१ हजार,टिमुर बाट २ लाख ७५ हजार,बुकीफुल बाट

११ हजार ६ सय,अमलदेव÷पदमचाल बाट २ लाख ६७ हजार,चुत्रो ५६ हजार ६ सय,अमला बाट १९ हजार ६ सय,काकरसिंगी बाट ८ हजार ८ सय,अल्लो बाट १ लाख ५६ हजार ३ सय ४५ रुपैंया,रिठा बाट ५ हजार २ सय ५० रुपैंया,कुरीलो बाट ६ हजार ५ सय, गुर्जो बाट १० हजार,पानी अमला बाट १ सय ५० रुपैंया,कालादाना बाट ६ हजार ३ सय,तेजपात बाट १ लाख ८ हजार, कुटकी बाट २ हजार,चिराइतो बाट ७ सय ५० रुपैंया,लोक्ता बाट ५० हजार,काउलो बाट २ लाख १६ हजार,सिस्नो बाट ८ सय,गुच्ची च्याउ बाट ५ हजार, विषफेज बाट २५ हजार गरि जम्मा २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरिएको डिभिजन वन कार्यालय जाजरकोटका सूचना अधिकारी ऋषभ देव खनालले बताए ।

तपाईको प्रतिक्रिया