कांग्रेस भएकै कारण भ्रष्टाचारमा संलग्न कसैले छुट पाउनु हुँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा संलग्न जोकोहीले कांग्रेस भएकै कारण कसैले छुट पाउनु नहुने बताएका छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भ्रष्टचारीको जात धर्म लिंग नहुने भन्दै कांग्रेस भएकै कारण कसैले छुट पाउन नहुने बताएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि पुर्पक्ष थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई लक्षित गर्दै थापाले भने ‘ कुनै पनि व्यक्तिले कांग्रेस भएको कारण छुट पाउनु हुँदैन। फौजदारी अभियोग लागेका व्यक्ति आफै पार्टीबाट पनि बाहिर बस्नुपर्छ। त्यो अवस्था नभए पार्टीले त्यस्तो मान्छेलाई निलम्बन गर्नुपर्छ।’

थापाले पार्टीको निर्णय प्रक्रियामा सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाए । पार्टी र गठबन्धनको विषयमा आफूले पत्रपत्रिका हेरेर थाहा पाउने गरेको भन्दै थापाले पार्टीलाई संस्थागत बनाउनुपर्ने बताए ।

संस्थापन पक्षका केन्द्रीय सदस्यले लगाएको आरोपप्रति लक्षित गर्दै थापाले सभापतिलाई केही भन्न नपाइने महामन्त्रीलाई जे पनि भन्न मिल्ने ? भन्दै प्रश्नसमेत गरे ।

तपाईको प्रतिक्रिया