हिरोइनले हिजाब नलगाएपछि इरानमा फिल्म फेस्टिबलमाथि प्रतिबन्ध

हिरोइनले हिजाब नलगाएपछि इरानमा फिल्म फेस्टिबलमाथि प्रतिबन्ध

तेहरान । इरानका अधिकारीहरूले सेप्टेम्बरमा आयोजना हुने फिल्म फेस्टिभलमा प्रतिबन्ध लगाएका छन्। एक नायिकाले हिजाबको स्कार्फ नलगाएको भन्दै यो प्रतिबन्ध लगाइएको हो । सरकारी सञ्चारमाध्यमका अनुसार फिल्म फेस्टिभलका लागि जारी गरिएको पोस्टरमा अभिनेत्रीले कडा ड्रेस कोडको उल्लंघन गरेकी छन्, त्यस पछि उनीमाथि कारबाही गर्दै चलचित्र महोत्सबमा प्रतिबन्ध लगाइएको हो ।

राज्य समाचार एजेन्सी आइआरएनएका अनुसार कानूनको उल्लङ्घन गर्दै पोस्टरमा हिजाब नलगाई महिलाको फोटो प्रयोग गरे पछि संस्कृति मन्त्रीले आईएसएफए फिल्म फेस्टिवलको १३ औं संस्करणलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन् । यो फिल्म फेस्टिभल सेप्टेम्बरमा हुन लागेको थियो ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सन् १९८३ देखि इरानमा महिलालाई टाउको र घाँटी अर्थात् हिजाब लगाउन अनिवार्य गरिएको थियो तर गत वर्ष सेप्टेम्बरमा त्यसलाई खारेजको माग गर्दै देशमा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो । सो क्रममा इरानी महिलाहरूले कडा ड्रेस कोडको ठूलो मात्रामा उल्लङ्घन गरेका थिए ।

स्मरणीय कुरा के छ भने २२ वर्षीया इरानी युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भए पछि इरानमा महिनौंसम्म देशव्यापी विरोध प्रदर्शन भएको थियो । महसा अमिनीलाई प्रहरीले इस्लामिक ड्रेस कोडको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । उनको हिरासतमा मृत्यु भए पछि इरानमा लार्खौ महिलाहरु सडकमा आएका थिए ।

यस महिनाको सुरुमा, प्रहरीले पनि कानूनको अवहेलना गर्ने महिलाहरूको बढ्दो संख्या चिन्ताको कारण भएको स्वीकार गर्‍यो, र तिनीहरूलाई समात्न गस्ती पुनः सुरु गरेको छ। यसअघि बुधबार तेहरानको अदालतले अभिनेत्री अफसानेह बेगनलाई सार्वजनिक कार्यक्रममा हिजाब नलगाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको थियो।

तपाईको प्रतिक्रिया