जातीय विभेदविरुद्ध प्रकाश सपुतको ‘दमाइ महाराज’ (भिडिओ )


काठमाडौं। प्रकाश सपुतले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। ‘दमाइ महाराज’ नामक उक्त गीत जातीय विभेदविरुद्ध रहेको छ। भजन शैलीमा ल्याइएको गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायको युवकलाई प्रस्तुत गरिएको छ।

सपुत आफ्नै स्वर, शब्द र संगीत रहेको छ। जहाँ नारी स्वर भने शान्तिश्री परियारको छ। गीतको म्युजिक भिडियोको निर्देशन, कथा र उत्पादन पनि सपुतकै छ भने सुनिल विक मुख्य सहायक निर्देशक र विशाल घिमिरे सहायक निर्देशक रहेका छन्। कोरियोग्राफी भने गजित विष्टले गरेका हुन्।

म्युजिक भिडियोमा सपुतसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विके, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले र विशाल घिमिरेलाई देख्न पाइन्छ।

तपाईको प्रतिक्रिया