गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ ।
एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो ।
युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेर छुट्टै कार्यसमिति बनाएका हुन् ।
विधि विधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफूहरुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार प्रकाश घिमिरेले बताए ।
५९ जना सदस्य मध्ये ३८ जना बहुमत सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ ।
उनीहरुले एकलौटी टाँसिएका १९ जना मध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मको लागि कार्यसमिति शून्य हुन नदिन समिति गठन गरिएको सुमन महताराले बताए ।
उनीहरुले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुन अधिवेशनको माग गरेका छन् । पुन: निर्वाचन प्रक्रिया अगाडि नबढाएर विद्रोह गर्ने गर्ने चेतावनी दिएका छन् ।
केन्द्रीय प्रतिनिधि प्रेम नारायण आचार्यले जारी गरेको निर्वाचितको विवरण अनुसार १९ जनाको कार्यसमिति मध्ये अध्यक्ष रेशम कुँज।, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दिपक नेपाली, सचिव सुमन महतरा, सहसचिव सन्तोष महतरा र चन्द्रकला राना, कोषाध्यक्ष नविक कार्कीसहितका १६ जनाले असहमति राखेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको प्रतिक्रिया बताए । कुँवर यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए ।
हाम्रो पहुँच संवाददाता । ६ श्रावण २०८०, शनिबार