काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपालले सान्त्वना जित निकालेको छ। भारतको कान्तिरभा रंगशालामा आज (मंगलबार) भएको अन्तिम खेलमा पाकिस्तानमाथि १–० को जित निकाल्दै नेपालले सान्त्वना जित निकालेको हो।
नेपालको जितमा खेलको ७९ औँ मिनेटमा आशिष चौधरीले गोल गरे। चौधरी गत वर्षमात्रै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका हुन्।
दोस्रो हाफमा मैदान छिरेका आशिषले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि नेपालले पाकिस्तानमाथि जित निकालेको हो। यसअघि भएका दुवै खेलमा पराजय भोगेको पाकिस्तान र नेपाल प्रतियोगिताबाटै बाहिरिइसकेको छ।
यसअघि भएको खेलमा नेपाल कुवेत र भारतसँग क्रमशः ३–१ र भारतसँग २–० ले पराजित भएको थियो।
हाम्रो पहुँच संवाददाता । १२ असार २०८०, मंगलवार