सुर्खेत । कर्णाली प्रदेश सभाको बैठकमा पनि वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ । छलफलका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । आज मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।
जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
हाम्रो पहुँच संवाददाता । १३ असार २०८०, बुधबार